यामाहा रेजेडआर र फसिनो ‘रिकल’, ३ लाख युनिटमा समस्या हुन सक्ने

काठमाडौं । यामाहा इन्डियाले फसिनो र रेजेडआर १२५ स्कुटर रिकल गरेको छ । यो रिकलले ३ लाख युनिट फसिनो र रेजेडआर स्कुटर प्रभावित हुनेछ ।

यामाहा इन्डियाका अनुसार फसिनो र रेजेडआर १२५ को हाइब्रिड मोडलमा मात्र समस्या देखिएको हो ।

कम्पनीका अनुसार २ मे २०२४ देखि ३ सेम्टेम्बर २०२५ सम्म उत्पादन भएका ३ लाख युनिट फसिनो हाइब्रिड र रेजेडआर १२५ स्कुटरको डिस्क क्यालिपरमा समस्या देखिएको हो ।

कम्पनीका अनुसार यी स्कुटरको फ्रन्ट डिस्क क्यालिपरमा समसया देखिएको कारण रिकल गरिएको हो । उक्त समय अबधिमा उत्पादन भएका स्कुटरको ब्रेकिङमा समस्या देखिएमा कम्पनीले निशुल्क परिर्वतन गरिदिने बताएको छ ।

उक्त समय अबधिमा उत्पादन भएका स्कुटर खरिद गरेका ग्राहकले आफ्नो नजिकैको यामाहा सर्भिस सेन्टरमा निशुल्क परिक्षण गराउन सक्नेछन् ।

यस्तो छ स्कुटर

यो स्कुटरमा १२५ सीसी सिंगल सिलिन्डर बीएस ६ इन्जिन रहेको छ । यसले ८.२ पीएस पावर तथा १०.३ एनएम टर्क जेनेरेट गर्छ । यसमा प्रयोग भएको हाइब्रिड टेक्नोलोजीले यसको टर्क थोरै वृद्धि भएको छ ।

यो स्कुटरमा अटोमेटीक स्टपरस्टार्ट सिस्टम उपलब्ध छ, जसले यो स्कुटरको माइलेज अझै राम्रो बनाउने कम्पनीको दाबी छ । हाइब्रिड रेजेड आरमा एलइडी पोजिशन हेडलाइट, डिजिटल कन्सोल, वाइ कनेक्टजस्ता फिचर समावेश छन् ।

 


Back_to_top