काठमाडौं । डिजेल/पेट्रोल तथा विद्युतबाट चल्ने गाडी हामीलाई सामान्य नै लाग्छ । तर विश्वमा हाइड्रोजनबाट चल्ने कार समेत आइसकेको छ । अब भने नेपाली बजारमा पनि हाइड्रोजनबाट चल्ने आर आउने भएको छ ।
चिनियाँ कम्पनी ग्रोभ हाइड्रोजन अटोमोटिभ कम्पनी लिमिटेडले उत्पादन गरेको हाइड्रोजन कार नेपाल आउने भएको हो । ग्रोभ हाइड्रोजन अटोमोटिभ र डीएसएम ग्लोबल कम्पनीबीच नेपालमा गाडी आयात गर्ने सम्झौँता भएको छ ।
२०३० सम्ममा नेपालमा पनि शून्य प्रदूषण सवारी नीतिमा जाने भनेकाले हाइड्रोजन सवारी उपयुक्त हुने कम्पनीको जनाएको छ । ‘नेपालले पनि ग्रिन मोबिलिटीमा जाने निर्णय गरेकाले त्यसमा ग्रेभले केही योगदान गर्ने अवसर पाएको छ,’ ग्रोभ हाइड्रोजन अटोमोटिभ कम्पनीका सीइओ तथा संस्थापक हाओ युगोले बताए ।
ग्रोभले विकास गरेको प्रविधि नेपालमा उपयुक्त रहेको प्रमाणित सवारी बिक्री पछि हुने दाबी उनको छ । सांघाई अटो शोमा ग्रोभले बनाएका हाइड्रोजन कार सार्वजनिक भएका थिए । उक्त कारले धेरैको ध्यान खिचेको थियो ।
ग्रोभका कारले एक ट्यांक हाइड्रोजनले १ हजार किलोमिटर भन्दा धेरै माइलेज दिने दाबी कम्पनीको छ । कारमा हाइड्रोजन भर्न १ मिनेटमात्र लाग्नेछ । नेपालमा वातावारणमैत्री सवारी ल्याउन ग्रोभसँगको साझेदारी निक्कै उपयोगी सावित हुने डीएसएमका अध्यक्ष तथा प्रवन्ध निर्देशक देवस्वरुप महर्जनले बताए ।
कार बिक्रीका लागि आफूहरु सँग बलियो टिम भएकाले वातावरणमैत्री हाइड्रोजन सवारी नेपाली उपभोक्ताको रोजाईमा पर्ने उनको विश्वास छ ।
ग्रोभ कम्पनीले नेपाली बाटोका लागि उपयुक्त कार समेत बनाइदिने जनाएको छ । कारको मूल्य तथा कार सन् २०२० भित्र नेपाल आइपुग्ने जनाइएको छ ।
के हाे हाइड्रोजन सवारी ?
हाइड्रोजनलाई इन्धनको रुपमा प्रयोग गर्नका लागि सबैभन्दा ठूलो चुनौति भनेको यसको ओसार–प्रसार र भन्डारण हो । अस्ट्रेलियाको सीएसआईआरओ नामक संस्थाका वैज्ञानिकहरूले यस समस्याको सामाधान पत्ता लागेको पुष्टी गरेका छन् । जसले अस्ट्रेलियाको इन्धन निर्यात उद्योगका लागि मार्ग प्रशस्त गरिरहेको छ ।
अस्ट्रेलियाको राष्ट्रिय विज्ञान एजेन्सीले एक नयाँ मेम्ब्रेन प्रविधिको विकास भएको पुष्टी गरेको छ, जसमा अमोनियाको प्रयोग गरी कारमा इन्धन रिफ्यूलिङ गर्न सकिने जनाएको छ । क्विन्सल्यान्डमा उत्पादित अल्ट्रा–हाई क्वालिटीको शुद्धता रहेको हाइड्रोजनको उपयोग गरी दुईवटा भेइकल टोयोटा मिराई र हुन्डाई नेक्सो सफलतापूर्वक रिफ्यूल्ड गरिएको छ ।
हाइड्रोजन सेल गाडीहरू ब्याट्रीबाट चल्ने इलेक्ट्रीक गाडीको तुलनामा केही मिनेटमै रिफ्यूलिङ गर्न सकिने तथा यसको डाइभिङ्ग रेञ्ज पनि दुई गुणा बढी हुन्छ । भविष्यमा टेक्नोलोजीको विकाससँगै यसको लागत धेरै घटाउन सकिन्छ । यो विकाससँगै नवीकरणीय हाइड्रोजनको प्रयोगले स्वच्छ वातावरणको सम्वद्र्धन गर्नुकासाथै रेगुलर फ्यूलमा आधारित सवारीसाधनसँग प्रतिस्पर्धी गर्न सक्नेछ ।
हाल विकास गरिएको मोड्यूलर एकाईको माध्यमले हाइड्रोजनलाई अमोनियाको रुपमा कन्भर्ट गरी ओसारप्रसारका लागि मार्गप्रशस्त गर्छ । हाइड्रोजन इन्धन ओसारप्रसार गर्नका लागि हाल प्रयोग भइरहकै इन्फ्रास्ट्रक्चरको प्रयोग गरी अमोनियालाई उपभोगको विन्दुमा पुर्याई पुनः हाइड्रोजनको रुपमा परिवर्तन गरिएको छ ।
हाइड्रोजन पावर कार उत्पादनमा दक्षिण कोरियाको हुन्डाई कम्पनी आफ्नो होमल्याण्ड दक्षिण कोरियामा विशेष फोकस रहेर काम गरिरहेको छ । उसले १६ हजार हाइड्रोजन पावरबाट कार गुडाउने सडकको योजना तयार पारेको छ ।

