नेपालका चर्चित दुई अभिनेताले किने दीपल एस ०७

काठमाडौं । नेपालका चर्चित कलाकार अनुप विक्रम शाही र प्रदीप खड्काले दीपल एस ०७ ईभी खरिद गरेका छन् ।

डिजाइन र प्रविधिका कारण पछिल्लो समय नेपालमा लोकप्रिय बन्दै गएको दीपल एस ०७ दुवै अभिनेताको रोजाइ बनेको हो ।

इन्टेलिजेन्ट र स्टाइलिस एसयुभी दीपल एस०७ अझै पनि प्रभावशाली व्यक्तिहरूको रोजाइ परिरहेको तथ्यलाई यसले थप थप मजबुत बनाएको कम्पनीको भनाइ छ ।

अभिनेता खड्काले एस०७ को फ्युचरिस्टिक डिजाइन र अत्याधुनिक प्रविधिका कारण आफ्नो ग्यारेजमा नयाँ दीपल थपेको बताए ।

त्यसैगरी, बलिउड स्टार सलमान खानसँग बहुप्रतिक्षित सिनेमा ब्याटल अफ गल्वानमा स्क्रिन सेयर गरेर आफ्नो ख्याती विश्वभर चिनाएका लोकप्रिय अभिनेता अनुप विक्रम शाहीले पनि भर्खरै दीपल एस०७ खरिद गरेका हुन् ।

‘अनुप विक्रम शाही र प्रदीप खड्कालाई दीपल परिवारमा स्वागत गर्न पाउँदा एमएडब्लु वृद्धि गौरवान्वित भएको छ । उत्कृष्टताप्रति उहाँहरूको प्रतिबद्धता र उहाँहरूको स्टाइल आइकन पहिचान दीपल एस०७ को इनोभेसन, स्टाइल र फ्युचर रेडी पर्फर्मेन्स जस्ता मूल्यसँग पूर्ण रुपमा मेल खान्छ,’ कम्पनीले भनेको छ ।

एक दर्जनभन्दा बढी इन्डस्ट्रि फस्ट फिचर र विशिष्ट डिजाइन फिलोसोफीका लागि परिचित दीपल एस०७ आईसीले नेक्स्ट जेनेरेसन इन्टेलिजेन्ट कनेक्टिभिटीको अनुभव दिन्छ । यसमा रहेका जेस्चर कन्ट्रोल, अग्मेन्टेड रियालिटी हेड अप डिस्प्ले, सनफ्लावर टचस्क्रीन, इन्टिग्रेटेड हेडरेस्ट र आउडोर स्पिकर जस्ता फिचर छन् ।


Back_to_top