स्टेलान्टिस र टाटा बीच नयाँँ सहकार्य गर्ने सम्झौता

काठमाडौं । भारतीय अटोमोबाइल ग्रुप टाटा र युरोपियन ग्रुप स्टेलान्टिस बीच नयाँ सहकार्य गर्ने सम्झौता भएको छ । यद्यपि, दुई कम्पनी बीचको कुन कुन विषयमा साझेदारी गर्ने भन्ने बारे केही खुलाइएको छैन ।

टाटा मोटर्स र फियट इन्डिया अटोमोबाइल प्रालि बीच २० वर्षदेखि साझेदारी हुँदै आएको छ । यी दुई ग्रुप बीच पुनः नयाँ सकहार्य सुरू हुन लागेको हो ।

दुवै ब्राण्डले नयाँ समझदारी पत्रमा के के कुरा उल्लेख गरिएको छ भन्ने विषयमा नखुलाए पनि अटोमोबाइल उत्पादन, इन्जिनियरिङ र आपूर्ति श्रृङ्खलामा स्थानीय र विश्वव्यापी सहकार्य गर्न लागेको अनुमान छ । यी दुई कम्पनी बीचको सहकार्य इन्जिन विकासमा केन्द्रीत रहेको अनुमान गर्न सकिन्छ ।

जीपले भारतमा उत्पादन गर्दै आएको कम्पास र मेरिडियन जस्ता मोडलमा टाटाले विकास गरेको १.५ लिटर टी-जीडीआई इन्जिन प्रयोग गर्ने विषयमा यसअघि नै चर्चामा थियो । सायद यी दुई कम्पनी बीचको सहकार्यको थालनी यही इन्जिनबाट हुन सक्नेछ ।


इन्जिनमा फियाट र टाटा बीच धेरै वर्ष अगाडिदेखि सहकार्य हुँदै आएको थियो । जीपले भारतमा उत्पादन गर्ने एसयूभीमा १.५ लिटर टर्बो पेट्रोल इन्जिन दिने योजना यस साझेदारीबाट पूरा गर्नेछ ।

भारतको रंजनगाउँमा रहेको प्लाण्ट टाटा मोटर्स र स्टेलान्टिसको संयुक्त लगानीमा संचालन हुँदै आएको छ । जहाँ २.० लिटर मल्टिजेट डिजेल इन्जिन उत्पादन हुन्छ । उक्त इन्जिन जीप कम्पास र मेरिडियन तथा टाटा ह्यारीयर र सफारीमा प्रयोग हुँदै आएको छ ।


Back_to_top