रामेछाप बस दुर्घटना : ९ मृतकको सनाखत (नामसहित)

काठमाडौं । आज बिहान रामेछापको मन्थली नगरपालिका-६, बेनीघाट पुल नजिक भएको यात्रु बस दुर्घटनामा परी मृत्यु हुने ९ जनाको सनाखत भएको छ ।

काठमाडौंबाट ओखलढुंगा जाँदै गरेको बागमती प्रदेश ००१-०५ ख ९९७५ नम्बरको बस तामाकोशी नदीमा खसेर दुर्घटना हुँदा १२ जनाको मृत्यु भएको थियो ।

तीमध्ये ९ जनाको परिचय खुलेको हो । दुर्घटनामा ८ जना घाइते भएका छन् । सशस्त्र प्रहरीको गोताखोर टोलीले अहिले पनि खोजी जारी राखेको छ ।

बस दुर्घटनाको कारण अझै खुलेको छैन । अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ ।

यी हुन् मृतक र घाइते

 

 


Back_to_top