नेपालगंज-पोखरा उडान गर्दै बुद्ध एयर

काठमाडौं । निजी क्षेत्रको हवाई सेवा प्रदायक बुद्ध एयरले नेपालगन्ज-पोखरा पुनः नियमित हवाई सेवा संचालन गर्ने भएको छ । बुद्धले यही भदौ ३१ गतेदेखि पोखरा-नेपालगंज रुटमा पुनः उडान सुरू गर्ने भएको हो ।

कम्पनीका अनुसार नेपालगंज-पोखरा रुटमा हरेक साताको आइतबार, बुधबार र शुक्रबार उडान हुनेछ । त्यसका लागि बुकिङ खुला गरिएको बुद्ध एयरले जनाएको छ ।

बुद्धले यसअघि २०७८ साउन १७ गतेदेखि नेपालगन्ज-पोखरा उडान सुरू गरिएको थियो भने गत जेठ ५ गतेदेखि उडान स्थगित गरिएको थियो ।

बुद्ध एयर नेपालगन्जका प्रमुख विनीतविक्रम शाहले यात्रुको माग बढेकाले उडान पुनः सञ्चालन गर्ने निर्णय भएको जानकारी दिए । भारतको उत्तर प्रदेशलाई पोखरासँग सिधा जोड्ने यो उडानका लागि यात्रुको माग बढ्दै गएको उनले बताए ।

पछिल्लो समय धार्मिक पर्यटकको संख्या बढ्नाका साथै उडानको माग बढेकाले सेवा पुनः संचालन गर्न लागिएको उनको भनाइ छ ।

नेपालगंज-पोखरा उडान पुनः संचालन हुने भएपछि बाँकेका पर्यटन व्यवसायी उत्साहित भएका छन् ।


Back_to_top