काठमाडौं । दैनिक १९८ रुपैयाँ किस्ता तिरेर टीभीएसको स्ट्राइकर १२५ मोटरसाइकल खरिद गर्न सकिने भएको छ ।
नेपालका लागि टीभीएसको आधिकारिक बिक्रेता जगदम्बा मोटर्सले ल्याएको आकर्षक फाइनान्स स्कीम अन्तर्गत यस्तो सुविधा पाइने भएको हो ।
कम्पनीका अनुसार यस अफर अन्तर्गत ग्राहकले टीभीएसको स्ट्राइकर १२५ मोडल खरिद गर्दा २४ महिना किस्ताबन्दी सुविधा पाउने छन् ।
नेपाली बजारमा टीभीएस स्ट्राइकरको मूल्य २ लाख ५१ हजार ९०० रुपैयाँ छ । उक्त मोटरसाइकल खरिद गर्न गहकले सुरूमा ५० प्रतिशत अर्थात् १ लाख २५ हजार ९५० रुपैयाँ डाउन पेमेन्ट गर्नुपर्छ ।
बाँकी ५० प्रतिशत अर्थात् १ लाख २५ हजार ९५० रुपैयाँ ग्राहकले १२ प्रतिशत ब्याजदरमा ऋण पाउने छन् । उक्त ऋण ग्राहकले २४ महिनामा तिरिसक्नुपर्छ । यसमा ग्राहकलाई मासिक ५ हजार ९२९ रुपैयाँ किस्ता बुझाउन पर्छ । त्यसलाई दैनिक हिसाब गर्दा १९८ रुपैयाँ मात्रै किस्ता तिरे पुग्छ ।
यद्यपि, ४० प्रतिशत डाउन पेमेन्टमा पनि यो मोटरसाइकल खरिद गर्न सकिने कम्पनीले जनाएको छ । यसो गर्दा दैनिक किस्ता केही बढी अर्थात् २३८ रुपैयाँ तिर्नुपर्छ । यसमा डाउन पेमेन्ट १ लाख ७६० बुझाउनु पर्छ । बाँकी १ लाख ५१ हजार १४० रुपैयाँ ऋण पाइने छ । यसको मासिक किस्ता ७ हजार ११५ रुपैयाँ हुन्छ ।
यो अफर दुइपाँग्रे साधनमा पठाओ, इन्ड्राइभ, याङगो जस्ता राइड सेयरिङ गर्ने चालकहरूलाई धेरै उपयुक्त हुने देखिन्छ । टीभीएस स्ट्राइकर मोटरसाइकल बजेट फ्रेण्डली भएकाले धेरै लगानी गर्न नपर्ने र त्यसबाटै आम्दानी गरेर किस्ता तिर्न सक्ने भएकाले राइड सेयरिङ गर्नेका लागि उपयुक्त देखिन्छ ।

उत्कृष्ट र माइलेज दिने, सर्भिसिङ खर्च कम हुने भएकाले उनीहरूका लागि उत्कृष्ट विकल्प बन्न सक्छ । राइड सेयरिङ चालकले यो मोटरसाइकल खरिद गर्दा दैनिक १९८ वा २३८ रुपैयाँ किस्ता सहजै तिर्न सक्छन् । कुनै दिन आम्दानी नभए पनि अघिल्लो दिनको कमाईले किस्ता तिर्न पुग्छ । किस्ता तिर्नैका लागि धेरै तनाव लिनुपर्दैन ।
यस्तो छ टीभीएसको स्ट्राइकर १२५ मोडल
स्ट्राइकरमा १२४ सीसी, सिंगल सिलिण्डर, फोर स्ट्रोक, एयरकुल्ड इकोथ्रोस्ट इन्जिन छ । यो इन्जिनले अधिकतम ११ पीएस पावर र १०.८ एनएम टर्क जेनेरेट गर्छ । यसमा ४ स्पीड गियरबक्स छ ।
१७३ एमएम ग्राउण्ड क्लियरेन्स रहेको यो मोटरसाइकलमा अगाडिको टायरमा डिक्स र पछाडि ड्रम ब्रेकका साथ १७ इन्च अलोय ह्वील पाइन्छ ।
मोटरसाइकलमा नयाँ लक की, यूएसबी चार्जिङ पोर्ट, नयाँ ग्राफिक्स, टेलिस्कोपिक आयल ड्युल स्प्रीङ सस्पेन्सन, डिजिटल स्पीडोमिटर, एलईडी लाइट जस्ता फिचरहरू छन् ।
यसको टप स्पीड क्षमता प्रतिघण्टा ९० किलोमिटर रहेको छ । यसले प्रतिलिटर ६७ किलोमिटर माइलेज प्रदान गर्ने कम्पनीको दाबी छ । सडकमा गुडाउँदा भने चालकहरूले ६० किमीभन्दा बढी माइलेज पाउने बताउँछन् ।


