काठमाडौं । निर्माणाधीन राष्ट्रिय गौरवको आयोजना काठमाडौं तराई/मधेश द्रुतमार्ग (फास्ट ट्रयाक)मा टुचन दर्घटना हुँदा एक जनाको मृत्यु भएको छ ।
मकवानपुरको भिमफेदी गाउँपालिका-८ महादेवटार छेक्रेडाँडास्थित १ नम्बरको पुलको खाडल खनिसकेर आउने क्रममा टुचन मेसिनको ब्रेक फेल भई दुर्घटना भएको हो ।
टुचन मेसिन खस्दा त्यसमा बसेर आउँदै गरेका सिन्धुपाल्चोक पाँचपोखरी थाङपाल गाउँपालिका-५ का २९ वर्षीय अर्जुन थिङको घटनास्थलमै मृत्यु भएको जिल्ला प्रहरी कार्यालय मकवानपुरले जनाएको छ ।
त्यस्तै, पुलको खाडल भित्रै काम गरिरहेका ३७ वर्षीय जुल्फे तामाङ घाइते भएका छन्। उनलाई उपचारका लागि काठमाडौं पठाइएको प्रहरीले जनाएको छ ।
घटनाबारे थप अनुसन्धान भइरहेको छ ।

