सीएफमोटो २५० डुअल किन्दा २ वर्षसम्म कर तिर्न नपर्ने

काठमाडौं । सीएफमोटो २५० डुअल ईएफआइ मोटरसाइकल खरिद गर्दा २ वर्षको सवारी कर पूरै छुट पाइने भएको छ ।

सीएफमोटोको नेपालका लागि आधिकारिक वितरक ऋषि ट्रेड सेन्टरले ल्याएको आकर्षक योजनामा यस्तो सुविधा पाइने भएको हो ।

कम्पनीका अनुसार सीएफमोटो २५० डुअल खरिद गर्ने गहकले २ वर्षसम्म सवारी कर तिर्नुपर्दैन । कम्पनीले नै तिरिदिनेछ । यो अफर असार ३२ गतेसम्म लागू हुने कम्पनीले जनाएको छ ।

सीएफमोटो डुअलको मूल्य ५ लाख ६४ हजार ९०० रुपैयाँ रहेको छ । यो सेग्मेन्टका अन्य मोटरसाइकलको तुलनामा आकर्षक मूल्य हो ।

यस्तो छ मोटरसाइकल

यो मोटरसाइकलको तौल मात्र १५४ केजी रहेको छ । हल्का तौलका कारण नयाँ तथा पुराना दुवै राइडरहरूले यसलाई सजिलै नियन्त्रण गर्न सक्छन् ।

अफरोड र अनरोड दुवै अवस्थाका लागि यसमा २४५ मिमीको ग्राउण्ड क्लियरेन्स र ८४० मिमीको सिट हाइट दिइएको छ ।

आरामदायी यात्राका लागि अगाडि यूएसडी र पछाडि मोनोशक सस्पेन्सन राखिएको यस मोटरसाइकलमा रात्रिकालीन सुरक्षाका लागि आकर्षक एलईडी हेडलाइट सिस्टम उपलब्ध छ ।

लन्च भएको छोटो अवधिमै १०० भन्दा बढी युनिट बिक्री भइसकेको यस बाइकले एन्ट्री-लेभल एडभेन्चर बाइक सेग्मेन्टमा नयाँ आयाम थप्ने विश्वास कम्पनीको रहेको छ।

बिक्री पछिको सेवामा जोड

ग्राहकहरूको सुविधा र पहुँचलाई मध्यनजर गर्दै सीएफमोटो नेपालले काठमाडौँ उपत्यकाभित्र नक्साल, टेकु, झम्सिखेल र सल्लाघारी मा आफ्ना अत्याधुनिक शोरुमहरू सञ्चालन गरिरहेको छ । उपत्यका बाहिर चितवन र पोखरामा पनि बिक्रीको सुविधा उपलब्ध छ ।

बिक्रीपछिको सेवालाई थप मजबुत बनाउन कम्पनीले नेपालगञ्ज, बुटवल, हेटौँडा, इटहरी, पोखरा, चितवन र काठमाडौँका विभिन्न स्थानहरूमा आधिकारिक सर्भिस सेन्टर सञ्चालनमा ल्याएको छ भने स्पेयर पार्ट्स समेत सजिलै पाइने व्यवस्था मिलाएको छ।

सवारी चालकहरूको यात्रालाई थप सुरक्षित बनाउन कम्पनीले देशभर रोडसाइड असिस्टेन्स टोली सक्रिय रूपमा परिचालन गरेको छ । यात्राका क्रममा जुनसुकै ठाउँमा प्राविधिक वा आकस्मिक समस्या आइपरेमा यो टोलीले तत्काल सहयोग उपलब्ध गराउने जनाइएको छ ।


Back_to_top