काठमाडौं । रौतहटको दुर्गाभगवती गाउँपालिका-४ झाझपुलमा मोटरसाइकल दुर्घटना हुँदा दुई जनाको मृत्यु भएको छ।
आइतबार बिहान गंगापिपराबाट गौर आइरहेको बीआर ३० यू १३७१ नम्बरको मोटरसाइकल आफैँ अनियन्त्रित भई सिसौको रुखमा ठोक्किएर दुर्घटना भएको हो ।
जिल्ला प्रहरी कार्यालय, रौतहटका मृत्यु हुनेमा मोटरसाइकल चालक जितेन्द्र साह र मोटरसाइकल पछाडि बस्ने २२ वर्षीया पुनमदेवी साह छिन्।
दुर्घटनामा गम्भीर घाइते दुवै जनाको उपचारको क्रममा गौर प्रादेशिक अस्पतालमा मृत्यु भएको हो ।

