तीन मोटरसाइकल एकै ठाउँमा ठोक्किँदा २ जनाको मृत्यु

काठमाडौं । सर्लाहीको ईश्वरपुर नगरपालिका-१३ मा तीन वटा मोटरसाइकल एक आपसमा ठोक्किँदा दुई जनाको मृत्यु भएको छ ।

गए राति बाँके-सङ्ग्रामपुर सडकखण्ड अन्तर्गत खीला गाउँ नजिक भएको दुर्घटनामा हरिपूर्वा नगरपालिका-९, मिर्चैयाका ३० वर्षीय मुकेश राय र ३० वर्षीय रामज्ञान रायको मृत्यु भएको हो ।

दुर्घटनास्थलमा अचेत अवस्थामा फेला परेका उनीहरूको मलंगवास्थित प्रादेशिक अस्पताल उपचारको क्रममा मृत्यु भएको हो ।

जिल्ला प्रहरी कार्यालय सर्लाहीका अनुसार गए राति भारतीय नम्बर प्लेट रहेका बीआर ३० एआर ३४५८, बीआर ३-एपी ३८-९ र एचपी ५५ सी -६२३ नम्बरको मोटरसाइकल दुर्घटनाग्रस्त अवस्थामा फेला पारिएको हो ।

उक्त दुर्घटनामा सर्लाहीकै हरिपूर्वा नगरपालिका-९ बस्ने २२ वर्षीय विक्रम राय र रामविश्वास राय सामान्य घाइते भएका छन् । घटना अनुसन्धानका लागि उनीहरूलाई प्रहरीले नियन्त्रणमा लिएको छ ।


Back_to_top