काठमाडौं । भारतबाट पेट्रोलियम पद्धार्थको मूल्य बढेर आएको छ ।
इन्डियन आयल कर्पोरेसन (आइओसी)ले शनिबार नेपाल आयल निगमलाई मूल्य बढाएर नयाँ मूल्य सूची पठाएको हो ।
भारतबाट पेट्रोलको मूल्य प्रतिलिटर २.०९ रुपैयाँ, डिजेलमा २.४७ रुपैयाँ, खाना पकाउने एलपी ग्यासमा प्रतिसिलिण्डर १८.५८ रुपैयाँ र हवाई इन्धनमा प्रति लिटर ५.९८ रुपैयाँले बढेर आएको हो ।
भारतबाट मूल्य बढेर आए पनि निगमले भने उपभोक्ताको हितलाई मध्यनजर गर्दै खुद्रा बिक्री मूल्य यथावत् राखेको छ।

