काठमाडौं । काठमाडौंका दुई स्थानमा गाडीमा आगजनी भएको छ । मंगलबार बिहान सुकेधारा र नैकापमा दुई वटा गाडीमा आगजनी भएको हो ।
काठमाडौं प्रहरी परिसरका अनुसार सुकेधारामा बा ७ च १४०१ र नैकापमा बीएए २८३६ नम्बरको गाडीमा आगजनी भएको हो ।
गाडीमा कसले आगजनी गरेको भन्ने पहिचान भइसकेको छैन । तर, आगजनी गरिएको गाडीमा दुर्गा प्रसाईंको पर्चा फेला परेको प्रहरीले जनाएको छ ।

