काठमाडौं । टाटा मोटर्सको नयाँ एसयूभी सियराको १० हजार युनिट डेलभरी पूरा गरेको छ । गत जनवरी १५ देखि डेलिभरी सुरू भएको सियरा डेढ महिनामै (मार्च २) १० हजार युनिटको माइलस्टोन पूरा भएको हो ।
कम्पनीले सामाजिक संजालमार्फत ६ हप्तामै १० हजारको माइलस्टोन पार गरेको जानकारी दिएको हो । कम्पनीले औसतमा दैनिक २२२ युनिट सियरा डेलिभरी दिएको हो ।
भारतीय बजारमा सियरा एसयूभीको माग उच्च छ । हालसम्म १ लाख बढी बुकिङ अर्डर रहेको टाटाले जनाएको छ । सियराले २४ घण्टामै ७० हजार युनिट बुकिङ हुँदै एकैदिनमा सर्वाधिक बुकिङ हुने मोडलको रेकर्ड समेत बनाएको थियो । उच्च मागकै कारण सियराको केही भेरियन्टको वेटिङ पिरियड ६ महिना बढी नाघिसकेको छ ।
टाटाले हाल गुजरातको सानन्द प्लाण्टमा धमाधम सियरा एसयूभी उत्पादन गरिरहेको छ । कम्पनीले सुरूमा मासिक ७ हजार ५०० युनिट उत्पादन गर्ने योजना बनाएको थियो । तर, अत्यधिक बुकिङ भएपछि कम्पनीले मासिक १२ देखि १५ हजार युनिट उत्पादन गरिरहेको छ ।
सियरा टाटाको नयाँ प्लेटफर्म, नयाँ टेक्नोलोजी र मोर्डन डिजाइनमा बनेको एसयूभी हो । यसको अगाडिको भाग पुरानो मोडेलभन्दा पूर्ण रूपमा फरक देखिन्छ ।

बक्सी तथा मस्कुलर बडी डिजाइन भएको टाटा सियराको अगाडि एलईडी डीआरएल, स्प्लीट हेडल्याम्प र पछाडि कनेक्टेड एलईडी टेललाइट दिइएको छ । त्यस्तै, सियरामा ठूलो १९ इन्चको अलोय ह्वील, फ्लस ढोका ह्याण्डल, सिल्हुट कर्नरिङ फग लाइट जडान गरिएको छ ।
टाटाले सियरा एसयूभीमा कम्पनीकै सबैभन्दा धेरै टेक फिचर उपलब्ध गराएको छ । यसमा ट्रिपल स्क्रीन ड्यासबोर्ड रहेको छ । १२.३ इन्चको दुइटा र १०.२५ इन्चको एउटा टचस्क्रीन राखिएको छ ।
सियरामा वायरलेस एन्ड्रोइड अटो र एप्पल कारप्ले स्टीयरिङ९माउन्ट, डुअल जोन क्लाइमेट कन्ट्रोल, चंकी स्टीयरिङ ह्वील लेदरेट, भेन्टिलेटेड फ्रन्ट सिट, प्रिमियम अडियो सिस्टम, प्यानोरामिक सनरुफ, एम्बियन्ट लाइटिङ अगाडि र पछाडिको आर्मरेस्ट, पछाडिको एसी भेन्टहरू, आइआरभीएम छ ।
यसमा सुरक्षाका लागि ६ वटा एयरब्याग, ईबीडीसहितको एबीएस, ईएससी, ३६० डिग्री क्यामेरा, लेभल २ एडास, क्रुज कट्रो, स्वचालित इमरजेन्सी ब्रेकिङ, लेन किप असिस्ट, लेन डिपाचर अलर्ट लगायत फिचर छन् ।
नयाँ सियराको इन्जिन पहिलाको भन्दा पावर फुल छ । यसमा १.५ लिटर क्षमताको डाइरेक्ट इन्जेक्सन टर्बो चाज्र्ड पेट्रोल इन्जिन छ । उक्त इन्जिनले १७० हर्सपावर र २८० न्यूटन मिटर टर्क प्रदान गर्छ । यसमा ६ स्पीडको म्यानुअल र ७ स्पीडको अटोमेटिक गियरबक्स छ । डिजेल इन्जिन भने २.० लिटरमा छ ।
नेपाली बजारमा पनि टाटा सियरा चाँडै आउने बताइएको छ ।

