गृह मन्त्रालयलाई चाहियो १४ वटा सेडान कार

काठमाडौं । गृह मन्त्रालयले १४ वटा सेडान कार किन्ने निर्णय गर्दै सम्बन्धीत सप्लायर्सलाई बोलपत्र आह्वान गरेको छ । यसअघि बैशाख २६ गते निकालिएको बोलपत्र आह्वानमा संशोधन गर्दै आज नयाँ सूचना प्रकाशित गरेको हो ।

मन्त्रालयले निकालेको सूचनामा कम्तीमा १४७५ सीसी इन्जिन क्षमताको सेडान कार हुनु पर्ने, कम्तीमा १०० पीएस पावर र १४० एनएम टर्क जेनेरेट हुनुपर्ने, ड्राइभर सहित कम्तीमा ४ सिट क्षमताको हुनुपर्ने जस्ता विषय खुलाएर बोलपत्र आह्वान गरिएको छ ।

साथै, मन्त्रालयले गाडीमा हुनुपर्ने न्यूनतम सुरक्षा मापदन्डसमेत खुलाएको छ । कारमा पावर स्टेरिङ, हाईड्रोलिक डबल सर्किट ब्रेकिङ सिस्टम, एयरकन्डिसन, पावर विन्डो, सेन्ट्रल डोर लकिङ सिस्टम, एयरव्याग र एबीएसजस्ता फिचर हुनु पर्ने सर्त राखेको छ । 

यी कार सप्लाई गर्न चाहने कम्पनीले बोलपत्र दस्तुरको रुपमा ५ हजार रुपैयाँ तिर्नुपर्ने छ भने कम्तीमा ३ वर्षको सामान सप्लाईको अनुभव र सरकारी नियामानुसार गाडीको मूल्यको निश्चित रकम पहिल्यै धरौटीको रुपमा डिपोजिट गर्नु पर्नेछ । 

कम्पनीले एक युनिट जीपको लागिसमेत बोलपत्र आह्वान गरेको छ । इच्छुक सप्लायर्स कम्पनीले जेठ २४ गते दिनको १२ बजेसम्म बोलपत्र दाखिला गरिसक्नु पर्नेछ । 


Back_to_top