टाटा अल्ट्रोज किन उत्कृष्ट ? यस्ता छन् कारण

टाटा मोटर्सले अल्ट्रोजलाई प्रिमियम ह्याचब्याकको रुपमा लिइएको छ । केही समय अगाडि मात्रै अल न्यू टाटा ह्यारीयर सार्वजनिक गरेको टाटाले ह्याचव्याक अल्ट्रोज बजारमा ल्याउने तयारी अन्तिम चरणमा पुगेको जनाएको छ । 

टाटा अल्ट्रोजले मारुती सुजुकी बलेनो, हुन्डाई इलाइट आई–२० सँग सिधा प्रतिस्पर्धा गर्नेछ । अल्ट्रोज टाटाको पहिलो प्रिमियम ह्याचब्याक मोडल हो । कम्फर्ट, स्पेस, क्लासिक फिचर तथा ठूला कारको जस्तै पफर्मेन्सकोे कारण यसलाई उत्कृष्ट कारको रुपमा हेरिएको छ । 

नयाँ अल्फा प्लाटफर्ममा निर्माण भएको अल्ट्रोजमा विभिन्न विशेषता दिइएको छ । यसको कुल तौल ९६१ किलोग्राम रहेको छ । यसको चेसिसमा कम तौलको मेटल प्रयोग गरिएको छ । कम्पनीले  ग्लोबल एनसीएपीको परिक्षणमा अल्ट्रोजले पाँच स्टार पाउने  अपेक्षा राखेको छ । यसमा आकर्षक हेडलाइट, डेटनइम रनिंग लाइट र १७ इन्चको अलोय ह्वील लगाइएको छ । 

टाटा अल्ट्रोजको लम्बाई ३९८८ एमएम, चौडाई १७५४ एमएम र उचाई १५०४ एमएम रहेको छ । यसको ह्वीलवेस २५०१ एमएम रहेको छ । 

अल्ट्रोजमा १.२ लिटर टर्बोचार्ज्ड थ्री सिलिन्डर पेट्रोल इन्जिन दिएको छ । जसले ५५०० आरपीएममा १०२ एचपी पावरका साथै १७५० देखि ४०० आरपीएममा १४० एनएम टर्क उत्पादन गर्छ । यसमा ७ इन्च टचस्क्रिन इन्फोटेनमेन्ट सिस्टमको प्रयोग गरिएको छ । 

त्यस्तै, यसमा अल ब्ल्याक ड्याशबोर्ड, चारवोटा एयरकन भेन्टलगाइएको छ । यसमा ३४१ लिटरको बुटस्पेश दिइएको छ । 


Back_to_top