आयो टीभीएसको सबैभन्दा सस्तो इलेक्ट्रीक स्कुटर

काठमाडौं । टीभीएस मोटर्सले भारतमा नयाँ इलेक्ट्रीक स्कुटर सार्वजनिक गरेको छ । कम्पनीले भारतीय बजारमा टीभीएस अर्बिटरको दुई नयाँ भेरियन्ट बिक्री सुरू गरेको हो ।

कम्पनीले भी १ भेरियन्टको मूल्य ९२ हजार २५० भारु र भी २ भेरियन्टको १ लाख ४ हजार ९०० भारु (एक्सशोरुम) तोकेको छ । अर्बिटर भी १ टीभीएसको इलेक्ट्रीक स्कुटर मध्य सबैभन्दा सस्तो मोडल हो ।

कम्पनीले यी स्कुटरमा बास (ब्याट्री एज अ सर्भिस) सुविधा पनि उपलब्ध गराएको छ । जसमा भी १ किन्दा ४९ हजार ९९९ भारु र भी २ किन्दा ५९ हजार ६६४ भारु तिर्नुपर्छ ।

टीभीएस अर्बिटर भी १ मा १.८ किलोवाट आवरको ब्याट्री र भी २ मा ३.१ किलोवाट आवरको ब्याट्री अप्सन पाइन्छ । भी १ को आईडीसी रेन्ज ८६ किलोमिटर र भी २ को १५८ किलोमिटर रहेको छ ।

स्कुटरमा एलसीडी डिजिटल क्लस्टर, स्टाइलिस एलईडी हेडलाइट सेटअप, मोबाइल एप कनेक्टिभिटी सिस्टमका साथ इको र पावर मोड पाउन सकिन्छ ।

साथै, लामो सिट, स्ट्रेट फुटबोर्ड, चौडा ह्याण्डलबार, ३४ लिटरको अण्डर सिट स्टोरेज, दुर्घटना वा स्कुटर लड्दा अलर्ट सिस्टम, जियो फेन्सिङ, चोरी भएमा सूचना अलर्ट, समयभन्दा बढी प्रयोग हुँदा अलर्ट, हिल होल्ड, क्रुज कन्ट्रोल, पार्किङ असिस्ट लगायतका फिचरहरू छन् ।


Back_to_top