आक्रमणपछि दुबई अन्तर्राष्ट्रिय विमानस्थल बन्द

काठमाडौं । इरानले विमानस्थल नजिकै ड्रोन आक्रमण गरेपछि यूएईको दुबई अन्तर्राष्ट्रिय विमानस्थल अस्थायी रूपमा बन्द गरिएको छ ।

यात्रु र कर्मचारीको सुरक्षाका लागि सावधानी स्वरूप उडानहरू स्थगित गरिएको विमानस्थलका अधिकारीहरूले बताएका छन् ।

सोमबार बिहान इरानले गरेको ड्रोन आक्रमणबाट विमानस्थल नजिकै रहेको इन्धन ट्यांकीमा आगलागी भएको थियो । यद्यपि, उक्त आगो अहिले नियन्त्रणमा आइसकेको दुबई मिडिया अफिसले जनाएको छ ।

अस्थायी रूपमा बन्द विमानस्थल कहिलेदेखि पुनः सुचारु हुन्छ भन्ने केही खुलाइएको छैन । विमानस्थल बन्द गरिएपछि सयौं उडान स्थगित भएका छन् भने हजारौं यात्रु अलपत्र परेका छन् ।यो विमानस्थल विश्वकै व्यस्त विमानस्थल मध्ये एक हो ।

गत फेब्रुअरी २८ मा अमेरिका र इजरायलले इरानमाथि आक्रमण गरेपछि मध्यपूर्वमा द्धन्द्ध चर्किएको छ । जवाफमा इरानले पनि खाडीदेशहरूमा आक्रमण गरिरहेको छ ।

द्धन्द्धको प्रभाव विश्व्व्यापी रुपमा पर्न थालिसकेको छ । कच्चा तेलको आपूर्तिमा अवरोध हुँदा मूलय अस्वभाविक उचालिएको छ । जसले समग्र अर्थतन्त्रमा असर देखिन थालिसकेको छ ।


Back_to_top