पूर्व-पश्चिम र सिद्धार्थ राजमार्ग अवरुद्ध

काठमाडौं । हिउँदे वर्षाका कारण देशका दुई मुख्य राजमार्ग अवरुद्ध भएका छन् ।

सडक चिप्लो हुँदा पूर्व-पश्चिम राजमार्ग अन्तर्गत दाउन्ने खण्ड र पहिरोको कारण सिद्धार्थ राजमार्ग अवरुद्ध भएको हो ।

नेपाल प्रहरी राजमार्ग सुरक्षा तथा ट्राफिक व्यवस्थापन कार्यालय बुटवलका अनुसार दाउन्ने खण्डमा चिप्लो भएपछि सडक पूर्ण रुपमा बन्द भएको हो । सडक हिलाम्य र चिप्लो भएपछि सयौं सवारीका यात्रु बीच बाटोमै अलपत्र परेका छन् ।

त्यस्तै, सिद्धार्थ राजमार्ग अन्तर्गत पाल्पाको तिनाउ गाउँपालिका-३ दोभानको सिद्धबाबा क्षेत्रमा ढुंगासहितको पहिरो झरेपछि सडक अवरुद्ध भएको हो ।

अहिले पनि वर्षा भइरहेकाले अवरुद्ध सडक खुल्न केही घण्टा लाग्ने प्रहरीले जनाएको छ ।


Back_to_top