यी ४ बाइकमा कस्तो फरक, सुजुकी जिक्सर एसएफ-२५० ले जित्ला ?

सुजुकी मोटरसाइकलले विगतमा पनि २५० सीसी सेग्मेन्टमा भारतीय बजारमा मोटरसाइकल बिक्री गरेको थियो । २०१४ मा कम्पनीले उक्त मोडलको उत्पादन बन्द गरेको हो । तर अहिले भने कम्पनीले जिक्सर–२५० सार्वजनिक गर्ने अन्तिम तयारी गरेको छ । 

औपचारिक सार्वजनिक हुन बाँकी रहेको जिक्सर एसएफले यामाहा फेजर २५ सँग प्रत्यक्ष प्रतिस्पर्धा गर्ने छ जसको मूल्य समेत समान रहेको छ । त्यस्तै सुजुकीको यो मोटरसाइकलले भारतीय बजारमा उपलब्ध होन्डा सीबीआर २५० आर र बजाज पल्सर आरएस–२०० सँग समेत प्रतिपर्धा गर्ने छ । 

सुजुकी जिक्सर एसएफ २५० मा २४९ सीसी सिंगल सिलिन्डर ओइ–कुल्ड इन्जिन रहेको छ जसले २६.५  पीएस पावर र २२.६ एनएम र्टक दिन्छ । यसमा ६ स्पीड गेयर रहेको छ । 

यसको १३ सय ४५ एमएम ह्वीलवेस, सिट हाइट ८ सय एमएम डिसब्रेक, डबल च्यानल एबीएस, १२ लिटरको फ्यूल ट्यांकलगायत विशेषता रहेका छन् । 

यामाहा फेजर २५ मा २ सय ४९ सीसी सिंगल सिलिन्डर एयर कुल्ड इन्जिन रहेको छ, जसले २०.९ एचपी पावर र २० एनएम टर्क दिन्छ । यो मोटरसाइकलमा ५ स्पीड गियर रहेको छ । फेजर २५ मा १३ सय ६० एमएम ह्वीलवेस, ७ सय ९५ एमएम सिट हाइट, डिस ब्रेक, डबल च्यान एबीएस, १४ लिटर फ्युल ट्यांक रहेको छ  । 

बजाज पल्सर आरएस–२०० मा १ सय ९९ सीसी सिंगल सिलिन्डर लिक्विड कुल्ड इन्जिन रहेको छ । जसले २४.५ एचपी पावर र १८.६ एनएम र्टक दिन्छ । यो मोटरसाइकलमा ६ स्पीड गेयर रहेको छ । 

पल्सर आरएस–२०० मा १३ सय ५५ एमएम ह्वीलवेस, ८ सय १० एमएम सिट हाइट, डिस ब्रेक, सिंगल च्यानल एबीएस, १३ लिटरको फ्युल ट्यांकलगायत विशेषता रहेको छ । 

होन्डा सीबीआरमा २ सय ४९.६ सीसी सिंगल सिलिन्डर लिक्विड–कुल्ड इन्जिन रहेको छ, जसले २६.५ एचपी पावर  २२.९ एनएम टर्क दिन्छ । यसमा ६ स्पीड गेयर रहेको छ । 

होन्डा सीबीआर २५० आरमा १३ सय ६९ एमएम ह्वीलवेस, ७ सय ८४ एमएम सिट हाइट, डिस ब्रेक, डबल च्यानल एबीएस, १३ लिटर फ्युल ट्यांक लगायत विशेषता रहेको छ । 


Back_to_top