भौतिक पूर्वाधारमन्त्री चौलागाईंले ७५ दिनमा गरे यस्ता ५० काम

काठमाडौं । भौतिक पूर्वाधार तथा यातायात मन्त्री माधवप्रसाद चौलागाईँले आफ्नो ७५ दिनको कार्यकालमा भएका प्रमुख उपलब्धिहरू सार्वजनिक गरेका छन् ।

मंगलबार उनले आफूले मन्त्रालयको नेतृत्व सम्हालेपछि गरेका ५० वटा कामको सूची सार्वजनिक गरेका हुन् ।  उनले छोटो अवधिमा आफूले स्थलगत अनुगमनलाई तीव्रता, नीतिगत सुधार, अन्तरमन्त्रालय समन्यव, सडक तथा पुल निर्माण, रेलमार्ग तथा वैकल्पिक यातायात, यातायात व्यवस्थापन तथा सेवा प्रवा लगायत क्षेत्रमा केही महत्त्वपूर्ण कामहरू गरेको दाबी गरेका छन् ।

उनले आफ्नो कार्यकालमा रुग्ण २३५ ठेक्कामध्ये ४० वटा ठेक्का तोडेको, करिब १५० वटा ठेक्का तोड्ने प्रक्रियामा रहेको, सडक विभागमार्फत १५९ किलोमिटर सडक कालोपत्र, ४६ पुल निर्माण सम्पन्न, ३२ किमि माटे सडक, १५ किमि आवधिक मर्मत कार्य भएको बताएको छन् । नारायणी र बागमती नदीमा आधुनिक सिग्नेचर ब्रिज निर्माण सुरु भएको उल्लेख गरेका छन् ।

त्यस्तै, ‘राष्ट्रिय यातायात नीति, २०८२’ तर्जुमा गरी मन्त्रिपरिषद्मा पेश गरिए, विद्युतीय सवारी साधनको प्रवद्र्धनका लागि नीतिगत अध्ययन, संघीय राजधानी शहरी क्षेत्र सार्वजनिक यातायात प्राधिकरण नियमावली र डिजिटल मोबिलिटी (राइड शेयरिङ) सम्बन्धी मापदण्ड तयार गरेको उल्लेख गरेका छन् ।

त्यसैगरी, उनले बाढीले क्षतिग्रस्त बीपी राजमार्ग, अरनिको राजमार्ग (सूर्यविनायक-धुलिखेल खण्डसमेत), नागढुंगा सुरुङमार्ग, नागढुंगा-मुग्लिन सडक खण्ड, मुग्लिन-दाउन्ने खण्ड, मुग्लिन-पोखरा, भेरी करिडोर, कर्णाली करिडोर लगायतका महत्त्वपूर्ण सडक पूर्वाधारहरूको स्थलगत अनुगमन गरेको उल्लेख गरेका छन् ।

उनले आफ्नो कार्यकालमा निर्माणाधीन भेरी करिडोर (जाजरकोट-दुनै-मरिम) अन्तर्गत लासिकाफदेखि सिसौलसम्म करिब ३३ किमि सडकको ट्रयाक खोल्न नेपाली सेनालाई दिने निर्णय गराएको बताएका छन् । साथै, रारा राष्ट्रिय राजमार्ग अन्तर्गतको जुम्ला खण्डमा पर्ने त्रिवेणी-गौतमबाडा-हाँकु-दानसाँघु-उर्थु सडकलाई रणनीतिक महत्त्वको सडकका रूपमा अगाडि बढाउन, मनाङ-मुस्ताङ-डोल्पा-जुम्ला-मुगु-सिमिकोट-हिल्सा सडकखण्डलाई हिमाली विविधता मार्गको रूपमा विकास गर्ने पहल गरेको उल्लेख गरेका छन् ।

त्यसैगरी, चिनियाँ अनुदान सहयोगमा काठमाडौँ चक्रपथ सडक अन्तर्गत कलंकी-बसुन्धरा सडक खण्ड स्तरोन्नतिका लागि सरकारबाट कर छुटको निर्णय भएको, पूर्व-पश्चिम रेलमार्गअन्तर्गत रौतहटको चोचा-निजगढ-रतनपुर खण्डको चोचा-रतनपुरसम्म २९ किमि क्षेत्रभित्रको केन्द्ररेखाबाट दायाँ/बायाँ २५र२५ मिटरसम्म पर्ने करिब २७.५६ हेक्टर निजी जग्गा प्राप्ति गर्ने निर्णय गरेको उल्लेख गरेका छन् ।


Back_to_top