मेबाकले ल्याउने भयो ‘अल्ट्रा लक्जरी’ इलेक्ट्रीक मिनिभ्यान

काठमाडौं । लक्जरी कार निर्माता मेबाकले इलेक्ट्रीक मिनिभ्यान ल्याउने पक्का भएको छ । कम्पनीले ल्याउन लागेको मिनिभ्यानको नाम ‘भिएलएस’ हुनेछ ।

‘ग्राण्ड लिमोजिन’ मानिने भीएलएस मोडल कम्पनीको भीएलई मोडलभन्दा माथि रहने छ । निकै विलासी फिचर रहने भीएलएसको धेरै कुरा बाहिर आएका छैनन् ।

साइजको आधारमा पनि भीएलएस यसअघिको भीएलईभन्दा ठूलो हुनेछ । गाडी चलाउने भन्दा पछाडि बसेर यात्रा गर्नेलाई मध्यनजर गर्दै कम्पनीले भीएलएस मोडल ल्याउन लागेको हो ।

भीआइपी सटलको रुपमा प्रयोग गर्ने लक्ष्य लिइएको अल्ट्रा लक्जरी भ्यान चढ्ने जोकोहीले पृथक अनुभव गर्न पाउने कम्पनीले जनाएको छ । मर्सिडिज मेबाकको भित्र शिल्प कौशलको प्रयोग गरेर तयार पारिएको छ । विलासी सामाग्री र नविनतम डिजाइनको बेजोड मिश्रण रहने कम्पनीले जनाएको छ ।

युरोपियन ब्राण्डले आफ्नो नयाँ मिनिभ्यानमा रहने टेक्नीकल डिटेल केही पनि बाहिर ल्याएको छैन ।


Back_to_top