सस्तो ब्याजदर र वारेन्टी बढेसँगै ‘भिगो’ एसयूभीको बिक्री बढ्यो

काठमाडौं । नामी भिगो एसयूभी आफ्नो मूल्यको कारण सुरूबाटै चर्चामा रहेको मोडलमा पर्छ । कम्प्याक्ट एसयूभी सेग्मेन्टमा उपलब्ध नामी भिगो अहिले बजारमा चल्तीको मोडल हो ।

सन् २०२५ सेप्टेम्बरमा लन्च भएको नामी भिगो एसयूभी अहिलेसम्म ३८७ युनिट आइसकेको छ । एमएडब्लू वृद्धिले नेपालमा बिक्री गर्दै आएको एसयूभी बिक्री सुरू गरेको सेप्टेम्बर महिनासम्म १२ युनिट आयात भएको थियो । त्यसपछि यसको आयात निरन्तर राम्रो संख्यामा हुँदै आएको छ ।

कम्पनीले अक्टोबर महिनामा ५७ युनिट भिगो एसयूभी आयात गर्दा नोभेम्बर महिनामा ५३ युनिट र डिसेम्बर महिनामा ९५ युनिट आयात गरेको थियो । समग्रमा सन् २०२५ को चार महिनामा २१७ युनिट नामी भिगो नेपाल आयो ।

सन् २०२६ लागेपछि पनि भिगोको आयात निरन्तर राम्रै संख्यामा भइरहेको देखिन्छ । भन्सार तथ्यांक अनुसार २०२६ जनवरीमा ४५ युनिट, फेब्रुअरीमा ६५ युनिट र मार्चको १५ दिनमा ६० युनिट आयात भएको छ । यसले बजारमा नामी भिगोको उच्च मागलाई देखाउँछ ।

कम्प्याक्ट एसयूभी सेग्मेन्टमा उपलब्ध कम मूल्यको एसयूभी भएकै कारण धेरैले यसलाई छानेका हुन् । बक्सी डिजाइन, अगाडि र पछाडिको बम्परले पूरै अफरोड एसयूभीको झल्को दिने भएको कारण युवाहरूको आकर्षण यसमा धेरै पाइन्छ ।

लुकिङ ग्लास, ह्वील आर्क र बडी क्लाडिङ पनि पर्पर अफरोड एसयूभीको जस्तै देखिने र पछाडिको डिक्कीमा दिइएको नौलो ‘हेभेन एण्ड अर्थ’ डिजाइन पृथक लाग्छ ।

कम्पनीले ई टु र ई टु प्लस गरी दुई भेरियन्टमा बेच्ने एसयूभीको मूल्य क्रमशः ३८ लाख ९९ हजार र ४१ लाख ९९ हजार रुपैयाँ छ ।

बैंक तथा वित्तिय संस्थाले निकै कम ब्याजदरमा अटो कर्जा उपलब्ध गराएको कारण उपभोक्ताले मासिक ३४ हजार हाराहारी किस्ता तिर्नेगरी भिगो एसयूभी किन्न सक्नेछन् ।

बढ्यो वारेन्टी

एमएडब्लू वृद्धिले नामी भिगोमा रहेको ब्याट्रीमा ११ वर्ष वा २ लाख ५० हजार किलोमिटरसम्म वारेन्टी प्रदान गरेको छ । जुन कम मूल्यका एसयूभीमा उपलब्ध सबैभन्दा धेरै वारेन्टी अवधि हो ।

क्याबिन फिचर

नामी भिगो एसयूभी स्टेरिङ, सिट, ड्यासबोर्ड, गियरनब, इन्फोटेन्टमेन्ट सिस्टम, इन्स्ट्रुमेन्ट क्लष्टर जस्ता उपभोक्ताले धेरै चासो राख्ने फिचरहरू स्मार्ट छन् । क्याबिन फिचरमा नामीले आफ्नो छुट्टै परिचय स्थापित हुनेगरी काम गरेको छ ।

एसीमा पनि न्याभ, रेस्ट र स्नो मोड दिइएको छ । भ्वाइस कन्ट्रोलबाटै कार र मोबाइललाई कमाण्ड दिन सकिन्छ । यसमा १२.८ इन्चको इन्फोटेन्टमेन्ट सिस्टम, ८.८ इन्चको इन्फरमेशन डिस्प्ले, उच्च गुणस्तरको ३६० डिग्री क्यामेरा दिइएको छ ।

इन्टेरियरमा ५० वाटको वायरलेस चार्जर, पानारोमिक शनरुफ, वान टच रियर सिट फोल्ड पाउन सकिन्छ । अगाडिका दुई सिटलाई बेडकै रूपमा तयार गर्न सकिन्छ ।

यस्ता छन् मुख्य फिचर ?

नामी भिगोमा सेग्मेन्ट फस्ट फिचरको रूपमा वेलकम र मेमोरी सिट, म्युजिकसँग कनेक्ट गरिएको एम्बियन्ट लाइट, हेभन एण्ड अर्थ टेलगेट, थ्रीसी फास्ट चार्जिङ रहेको छ । १६७ किलोवाटको डीसी फास्ट चार्जर यसले सपोर्ट गर्नेछ । यसमा बाहिर पनि स्पीकर छ ।

एडास लेभल टु, वायरलेस चार्जिङ, वाइफाइ कनेक्टिभिटी, चालकको सिट हिटेड र भेन्टिलेटेड छ । वेलकम साउण्ड, १८ इन्चको ह्वील, अटोमेटिक हाइल र लो बीम छनोट गर्ने हेडलाइटले चालकलाई राती गाडी चलाउन निकै सहज बनाउँछ ।

कम्पनीले यसको विभिन्न ३५ स्थानमा स्टोरेज दिएको छ । एडाप्टीभ क्रुज कन्ट्रोल जस्ता फिचरले चालकलाई लोभ्याउँछ । बाहिर टी आकारमा सजिएको एलईडी हेडल्याम्प, ट्रयाङ्गुलर पिक्सेल टेल लाइटले फरक लुक्स प्रदान गर्छ ।

साइज

नामी भिगोको लम्बाइ ४३०६ एमएम, चौडाइ १८६८ एमएम र उचाइ १६५४ एमएम छ । यसमा २७१५ एमएम लामो ह्वीलबेस छ । यसमा थ्री लेयर डिजाइनमा बुट स्पेश छ । जसको समग्र साइज ५०० लिटर हो ।

ब्याट्री र मोटर

दुई ब्याट्री अप्सनमा आएको एसयूभीमा ४४.९४ किलोवाट आवर र ५१.८७ किलोवाट आवरको ब्याट्री दिइएको छ । जसको रेन्ज क्रमशः ३०० र ३५० किलोमिटर रहेको डब्लूएलटीपी टेस्टले देखाएको छ ।

ह्याण्डलिङ निकै सहज भएको भिगोमा दिइएको ९९ किलोवाटको मोटरको पावर राम्रो लाग्छ । निकै हल्का साइजको गाडी चलाएको भान हुने नामी भिगो एसयूभी नेपालका धेरै किसिमका बाटाहरूमा सहजै चलाउन सकिने र आरामदायी यात्रा गर्न सकिने किसिमको छ ।

तीन ड्राइभिङ मोड इको, स्टायडर्ड र स्पोर्ट दिइएको एसयूभीमा स्टेरिङ मोड पनि तीन वटा नै छ । क्लाम, स्टायण्डर्ड र कम्फर्ट मोड मध्ये कुनै एक छनोट गर्न सकिन्छ ।

सुरक्षा फिचर

यसमा ६ एयरब्याग, एडास र त्यस भित्र आउने प्याकेज फिचर, ३६० डिग्री क्यामेरा, हटोहोल्ड, हिल होल्ड, डिसेन्ट कन्ट्रोल, ट्रयाक्सन कन्ट्रोल जस्ता फिचरको कारण एसयूभी सुरक्षित बनाएको छ ।


Back_to_top