मुस्ताङ एयरको हेलिकप्टर सम्पर्कविहीन

काठमाडौं । मुस्ताङ एयरको नाइन एन एएनओ कलसाइन भएको हेलिकप्टर सम्पर्कविहीन भएको छ ।

शुक्रबार दिउँसो दोलखाको लाप्चा क्षेत्रबाट उक्त हेलिकप्टर सम्पर्कविहीन भएको हो ।

उक्त हेलिकप्टर दोलखाको बिगु गाउँपालिका-१ लुम्नाङबाट लाप्चातर्फ उडेको थियो ।

हेलिकप्टरमा चालकसहित ५ जना रहेका छन् । नेपाल नागरिक उड्डयन प्राधिकरणका अनुसार उक्त हेलिकप्टरमा क्याप्टेन सुरज थापाले उडाएका थिए ।

घटना बारे थप विवरण आउन बाँकी छ ।


Back_to_top