अब ड्राइभिङ लाइसेन्स घरमै डेलिभरी हुने

काठमाडौं । सरकारले अब सवारी चालक अनुमतिपत्र (ड्राइभिङ लाइसेन्स) घरमै डेलिभरी गर्ने व्यवस्था मिलाउने भएको छ ।

चैत १३ गते बसेको बालेन शाह मन्त्रिपरिष्दको पहिलो बैठकले शासकीय सुधारसम्बन्धी १०० कार्यसूची पारित गर्दै यस्तो निर्णय गरेको हो ।

सरकारले हुलाक सेवालाई आधुनिकीकरण गर्दै घरमै लाइसेन्स उपलब्ध गराउने व्यवस्था मिलाउने भएको हो ।

‘२७. सरकारी सेवा घरमै उपलब्ध गराउने उद्देश्यले हुलाक सेवालाई आधुनिकीकरण गरी Government Courier Service  का रूपमा विकास गर्ने, जसमार्फत पासपोर्ट, नागरिकता प्रतिलिपि, लाइसेन्स लगायतका सरकारी कागजातहरू/सामग्रीहरू घरमै पुऱ्याउने व्यवस्था १०० दिनभित्र लागू गर्ने,’ १०० कार्यसूचीमा भनिएको छ ।


Back_to_top