काठमाडौं । काठमाडौंको भुकुटीमण्डपमा यामाहा ब्लू फेस्ट सुरू भएको छ । नेपालका लागि यामाहाको आधिकारिक वितरक एमएडब्लू राइडले नयाँ वर्षको अवसरमा ब्लू फेस्ट गरेको हो ।
२०८३ वैशाख ५ गतेसम्म संचालन हुने उक्त ब्लू फेस्टमा ग्राहकले आफूसँग भएको जुनसुकै ब्राण्डको मोटरसाइकल तथा स्कुटरसँग यामाहाका नयाँ सवारी साट्न सक्नेछन् ।

साथै, ग्राहकले सहज फाइनान्स सुविधा तथा अन्य आकर्षक अफरहरू पाउने छन् ।कम्पनीले सोही कार्यक्रममा यामाहाको एफजेडएस सिरिजमा नयाँ जेन एफजेडएस एफआई नयाँ मोटरसाइकल बिक्री सुरू गरेको छ ।

उक्त ब्लू फेस्टमा इच्छुकहरूले यामाहाको नयाँ मोटरसाइकल हेर्नुका साथै टेस्ट राइड गर्ने अवसर पनि पाउने छन् ।



