काठमाडौं । नेपाली बजारमा यामाहाको नयाँ मोटरसाइकल सार्वजनिक भएको छ ।
यामाहा मोटरसाइकल तथा स्कुटरको नेपाल लागि एमएडब्लू राइडले यामाहा एफजेडएस एफआइ न्यू जेन मोडलको बिक्री सुरू गरेको हो ।
कम्पनीले एफजेडएस एफआइ न्यू जेनको मूल्य ४ लाख ३४ हजार ९०० रुपैयाँ तोकेर बिक्री सुरू गरेको हो ।
यामाहाले नेपालमा हालै सार्वजनिक गरेको हाइब्रिड मोटरसाइकल एफजेडएस हाइब्रिडमा जस्तै यसमा स्मार्ट कनेक्ट फिचर, म्युजिक कन्ट्रोल, ट्रयाक्सन कन्ट्रोल लगायतका फिचरहरू समावेश गरिएको छ । यसमा हाइब्रिड टेक्नोलोजी भने उपलब्ध छैन् ।
न्यू जेन एफजेडएस एफमा १४९ सीसीको सिंगल सिलिण्डर, एफआई इन्जिन छ । यो इन्जिनले अधिकतम १२.४ पीएस पावर तथा १३.३ एनएम टर्क जेनेरेट गर्छ । यसमा ५ स्पीडको गियरबक्स पाइन्छ ।
न्यू जेन यामाहा एफजेडएस एफआइको दुवै चक्कामा डिस्क ब्रेक र सिंगल च्यानल एबीएसमा उपलब्ध छ । फ्रन्टमा टेलीस्कोपिक र रियरमा मोनोशक सस्पेन्सनको प्रयोग गरिएको छ । यसमा १७ इन्च अलोय ह्वील उपलब्ध छ ।

