केटीएमले ल्यायो ‘फ्रीराइड ई’को नयाँ भर्सन

काठमाडौं । केटीएमले आफ्नो चर्चित इलेक्ट्रीक डर्ट मोटरसाइकल फ्रीराइड ईको नयाँ भर्सन सार्वजनिक गरेको छ । कम्पनीले केटीएम फ्रीराइड ई २०२७ भर्सन ग्लोबल बजारमा सार्वजनिक गरेको हो ।

अस्ट्रीयन ब्राण्ड केटीएमको यो ईभी डर्ट मोटरसाइकल लामो समयदेखि नै लोकप्रिय रहँदै आएको मोडल हो । कम्पनीले यसलाको प्रदर्शन, ब्याट्री क्षमता र प्रविधिमा केहि सुधार गरेर नयाँ भर्सन बजारमा ल्याएको हो ।

फ्रीराइड ई पूर्ण रूपमा इलेक्ट्रीक प्लेटफर्ममा बनेको डर्ट मोटरसाइकल हो । यो दशकभन्दा बढि समयदेखि बजारमा उपलब्ध छ ।
नयाँ फ्रीराइड ईमा वाटरप्रुफ र डस्टप्रुफ १९.२ किलोवाटको इलेक्ट्रीक मोटर जडान गरिएको छ । यसले ३७ एनएम टर्क जेनेरेट गर्छ । यो मोटरसाइकलको टप स्पीड ९५ किलोमिटर प्रतिघण्टा रहेको छ । यसमा इको, नर्मल र स्पोर्ट गरी ३ राइडिङ मोड पाउन सकिन्छ ।

मोटरसाइकलमा ५.५ किलोवाट आवर क्षमताको लिथियम आयन ब्याट्री छ । यसलाई सजिलै हटाउन र साट्न सकिने बनाइएको छ । यो डर्ट मोटरसाइकलमा एकपटकको फुलचार्जमा करिब २ देखि ३ घण्टासम्म एन्ड्युरो राइड गर्न सकिन्छ । फास्ट चार्जर मार्फत यसलाई फुलचार्ज हुन करिब १ घण्टा ५ मिनेटको समय लाग्ने छ ।

मोटरसाइकलको कुल तौल मात्र ११२ किलोग्राम छ । यसलाई मजबुत र टिकाउ बनाउन क्रोम मोलिब्डेनम स्टील फ्रेम, आल्मुनियम र ग्लास फाइबर रिइन्फोस्र्ड नायलन सबफ्रेम प्रयोग गरिएको छ ।

कन्ट्रोलिङ र आरामदायीका लागि डब्ल्यूपी सस्पेन्सन सेटअप, मिशेलिनको एन्डुरो टायर, वायर स्पोक ह्वील र डिस्कब्रेक दिइएको छ । यसमा तीन स्टेपको ब्याट्री रिजेनरेटिभ ब्रेकिङ सिस्टम पाइन्छ ।


Back_to_top