काठमाडौं । काठमाडौंको दक्षिणकाली नगरपालिका-९ रानीडाँडा भीरबाट कार खस्दा चालकको मृत्यु भएको छ ।
हेटौंडाबाट काठमाडौंतर्फ आउँदै गरेको बीएबी ५२८१ नम्बरको कार सडकबाट करिब ७०० मिटर तल खसेर दुर्घटना भएको हो ।
दुर्घटनाका कार चालक काठमाडौं बस्ने ३४ वर्षीय सुरज खड्काको घटनास्थलमै मृत्यु भएको प्रहरीले जनाएको छ।
दुर्घटनाग्रस्त कार निकाल्ने प्रयार भइरहेको प्रहरीले जनाएको छ । दुर्घटनाको कारण खुलेको छैन ।


