ईएक्स फाइभको सुपर सेल्स एण्ड एक्सचेन्ज कार्निभल हुँदै, यी ७ लाभ पाइने

काठमाडौं । वैशख ४ गतेदेखि जिली ईएक्स फाइभको ‘सुपर सेल्स एण्ड एक्सचेन्ज कार्निभल’ आयोजना हुने भएको छ । ,

नेपालका लागि जिली ईएक्स फाइभको आधिकारिक वितरक एलआरआर मोटर्सले सेल्स एण्ड एक्सचेन्ज कार्निभल आयोजना गर्ने भएको हो ।

ग्राहकलाई उत्कृष्ट मूल्य, सुविधा र आकर्षक अनुभव प्रदान गर्ने उद्देश्यसहित सुपर सेल्स एण्ड एक्सचेन्ज कार्निभल आयोजना गरिएको कम्पनीले जनाएको छ ।

वैशाख ८ गतेसम्म संचालन हुने उक्त ५ दिने कार्निभल काठमाडौंको गैरीधारास्थित जिली शोरुममा हरेक दिन बिहान १० बजेदेखि साँझ ६ बजेसम्म संचालन हुनेछ।

यो कार्निभल ग्राहकलाई सहज, छरितो र लाभदायक सवारी साटासाट तथा खरिद अनुभव प्रदान गर्ने गरी डिजाइन गरिएको हो।

कम्पनीका अनुसार उक्त कार्निभलमा ग्राहकले आफूसँग भएको जुनसुकै ब्राण्डका पुराना सवारी साधन जिली ईएक्स फाइभसँग साट्न सक्नेछन् । ग्राहकहरूले उत्कृष्ट बजार मूल्याङ्कन, तुरुन्तै फाइनान्सिङ सुविधा पाउने छन् ।

ग्राहकले आकर्षक नगद छुट, १ वर्षको अटो प्लस इन्स्योरेन्स, वार्षिक सवारी कर र निःशुल्क चार्जर जस्ता थप लाभहरू पाउने छन् ।

साथै, ग्राहकले जिली ईएक्स फाइभ म्याक्स र प्रोका नयाँ २०२६ मोडेलहरूमा विशेष पहुँच समेत पाउने कम्पनीले जनाएको छ ।

कार्यक्रमलाई अझ रमाइलो र स्मरणीय बनाउन आगन्तुकहरूले भेहिकल टु लोड कफी अनुभव लिन सक्नेछन्, प्रत्येक टेस्ट ड्राइभमा उपहार ह्याम्पर पनि पाउने छन् ।

एलआरआर मोटर्सका बिक्री प्रमुख अधिर श्रेष्ठले यो कार्निभलले ग्राहकको सवारी स्वामित्वलाई अझ सहज, सुविधाजनक र लाभदायक बनाउने बताए ।

‘सुपर सेल्स एण्ड एक्सचेन्ज कार्निभलले ग्राहकको सवारी स्वामित्वलाई अझ सहज, सुविधाजनक र लाभदायक बनाउने हाम्रो प्रतिबद्धता झल्काउँछ। उत्कृष्ट एक्सचेन्ज अफर, तुरुन्त फाइनान्सिङ सुविधा र आकर्षक थप सेवामार्फत हामीले हरेक आगन्तुकलाई एकीकृत अटोमोबाइल अनुभव प्रदान गर्ने लक्ष्य राखेका छौं,’ उनले भने ।

यो कार्यक्रमले नेपालको अटोमोबाइल बजारमा ग्राहक सहभागिता तथा सन्तुष्टिको नयाँ मापदण्ड स्थापित गर्ने उनको विश्वास छ ।


Back_to_top