भाइवर चलाएर पोखराकी लक्ष्मीले जितिन टीभीएस एनटर्क स्कुटर

काठमाडौ । टिभीएस स्कुटर तथा मोटरसाइकलहरुको नेपालका लागि आधिकारिक बिक्रेता जगदम्बा मोटर्सले ‘चान्स् टु वीन थ्रु क्लिक’ योजनाका बिजेतालाई टीभीएस एनटर्क स्कुटर हस्तान्तरण गरेको छ । जगदम्बाले उत्पादनहरुको कस्टुमाईज स्टीकर प्याक बनाउनका लागि राकुटेन भाइबरसँग सहकार्य गरेको थियो ।

जगदम्बा मोटर्सले “चान्स टु वीन थ्रु क्लिक” नामक अभियान अन्तर्गत ग्राहकहरुले ‘लभ ऐट फस्ट राईड’ स्टीकर प्याक डाउनलोड गरेर टिभीएस एनटर्क १२५ सीसीको स्कुटर जित्नुका साथै थुप्रै आकर्षक उपहारहरु प्राप्तगर्ने अवसर सृजना गरेका थिए ।

यस अभियानको अन्त्यमा जगदम्बा मोटर्सले विजेताको नाम घोषणा गरेर स्कुटर हस्तान्तरण गरेको हो । यस अभियानकी विजेता पोखराकी लक्ष्मी पोखरेललाई स्कुटर प्रदान गरेको हो । उनलाई जगदम्बा मोटर्सका भाइस् प्रेसिडेन्ट दीपक अग्रवालले स्कुटरको साचो हस्तान्तरण गर्दै भने, ‘हाम्रो ब्राण्डसँग सहकार्य गरेर ग्राहकहरुलाई डिजिटल्ली जोड्दै उत्साह र खुसीयाली बाँढ्न मद्दत गरेकोमा हामी भाइवरलाई आभार प्रकट गर्न चाहान्छौँ । हामी देशभरका ग्राहकहरुको उत्साहजनक सहभागीताले अत्यन्तै खुसी छौँ ।’

 


Back_to_top