४४० सीसीमा नयाँ एड्भेन्चर मोटरसाइकल ल्याउँदै रोयल इनफिल्ड

काठमाडौं । रोयल इनफिल्डले ४४० सीसी सेग्मेन्टमा नयाँ एड्भेन्चर मोटरसाइकल ल्याउने भएको छ । कम्पनीले ४४० सीसी इन्जिनमा नयाँ हिमालयन मोटरसाइकल ल्याउने भएको हो ।

कम्पनीले भारतमा रहेको प्लाण्टमा नयाँ मोटरसाइकल उत्पादन गरिरहेको रिपोर्ट भारतीय मिडियामा आएको हो । रिपोर्ट अनुसार नयाँ हिमालयन सन् २०२३ मा उत्पादन बन्द भएको हिमालयन ४११ मोडलमा आधारित हुनेछ । यसमा प्रयोग गरिने इन्जिन भने रोयल इनफिल्डको स्क्रयाम्बलर ४४० मोडलबाट लिइने छ ।

हाल कम्पनीले (डीफोजी) कोडनेम दिएर नयाँ हिमालयनको काम अगाडि बढाइ रहेको रिपोर्टमा उल्लेख छ । रोयल इनफिल्डको ४४० सीसी इन्जिन प्लेटफर्म केवल स्क्रयाम ४४० मा मात्र प्रयोग भइरहेको छ । अन्य ३५० सीसी, ४५० सीसी र ६५० सीसी प्लेटफर्म भने धेरै मोडलहरूमा प्रयोग भइसकेका छन् । यहि कुरालाई मध्यनजर गर्दै कम्पनीले ४४० सीसी सेग्मेन्टमा नयाँ मोडल थप्ने कार्य सुरू गरेको हो ।

नयाँ हिमालयन ४४० मा स्क्रयाम ४४० को इन्जिन र अन्य आधारभूत हार्डवेयर कम्पोनेन्टहरू प्रयोग गरिने छ । तर, यसको डिजाइन पुरानो हिमालयन ४११ जस्तै र गा्रफिक्स पूरा नयाँ हुने अनुमान गरिएको छ ।

कम्पनीले विशेष गरी नयाँ हिमालयन कम बजेट भएका ग्राहकहरूका लागि लक्षित गरी बजारमा ल्याउने भएको छ । त्यसैले यसमा हिमालयन ४५० मा पाइने जस्ता एड्भान्स फिचरहरू समावेस हुँदैन । ४४० हिमालयन साधारण प्रयोगमैत्री ४११ जस्तै ओडबल स्टाइल डिजाइनमा आउने छ ।

नयाँ हिमालयनमा ४४३ सीसीको सिंगल सिलिण्डर, एयर कुल्ड, एफआई सेर्पा इन्जिन हुनेछ । जुन स्क्रयाम ४४० मा पाइन्छ । यो इन्जिनले अधिकतम २५.४ पीएस पावर तथा ३४ एनएम टर्क जेनेरेट गर्छ । यसमा ६ स्पीडको गियरबक्स छ ।

मोटरसाइकलमा स्लिप र असिस्ट क्लच, स्वीचेबल एबीएस, डिस्क ब्रेक, एलईडी लाइट सिस्टम, सानो गोलाकार डिस्प्ले, लामो ट्राभल सस्पेन्सन सेटअप, क्रस स्पोक रिम, लगायतका फिचरहरू हुने छन् ।


Back_to_top