काठमाडौं । अब दुईपाँग्रे सवारी साधन (मोटरसाइक र स्कुटर)को पनि प्रदूषण चेकजाँच गर्नुपर्ने भएको छ ।
भौतिक पूर्वाधार तथा यातायात मन्त्रालयले तयार पारेको ‘सवारी तथा यातायात सम्बन्धी कानुनलाईं संशोधन र एकीकरण गर्न बनेको विधेयक २०८२’ को मस्यौदामा यस्तो प्रस्ताव गरिएको हो ।
प्रस्तावित विधेयकमा सवारी प्रदूषण परीक्षणको प्रमाणपत्र नराखी सवारी साधन चलाएको जरिवाना गर्ने उल्लेख गरिएको छ ।
मस्यौदाको दफा ६२ (ङ)मा सवारी प्रदूषण परीक्षणको प्रमाणपत्र नराखी सवारी साधन चलाएमा दुईपाँग्रे सवारी साधनको हकमा १ हजार रुपैयाँ, तीनपाँग्रे तथा साना सवारी साधनको हकमा २ हजार रुपैयाँ र मझौला तथा ठूला सवारी साधनको हकमा ५ हजार रुपैयाँ जरिवाना तिर्नुपर्ने व्यवस्था गरिएको छ ।
हाल दुईपाँग्रे सवारी साधनले प्रदूषण परीक्षण गराउनु पर्दैन । चारपाँग्रे सवारीको हकमा भने अनिवार्य छ ।

