काठमाडौं । जापानी मोटरसाइकल तथा स्कुटर निर्माता सुजुकीले भारतमा आफ्नो १ करोड युनिट उत्पादनको माइल्स्टोन पूरा गरेको छ ।
सुजुकी इन्डियाले भारतमा २ दशकको अवधिमा १ करोड माइल्स्टोन उत्पादन पूरा गरेको हो । पहिलो पटक सन् २००६ सालमा भारतीय बजारमा प्रवेश गरेको सुजुकीले सन् २०२६ सम्म आइपुग्दा १ करोड मोटरसाइकल र स्कुटर उत्पादन गर्न सफल भएको हो ।
सुजुकी इन्डियाले सुरूआतमा हीट १२५ र ज्यूस १२५ मोटरसाइकल लन्च गर्दै भारतीय टु-ह्वीलर बजारमा प्रवेश गरेको थियो । त्यसपछि कम्पनीले लगत्तै एक्सेस १२५ स्कुटर लन्च गरेको थियो । जुन हालसम्म पनि सर्वाधिक बिक्री हुने स्कुटर मध्येमा पर्छ ।
कम्पनीले हाल भारतमा एक्सेससहित बर्गम्यान, एभेनिस, जिक्सर सिरिज, जीएसएक्स, भी-स्ट्रोम सिरिज, हायाबुसा लगायतका प्रिमियम मोडलहरू उत्पादन गर्दै आइरहेको छ । कम्पनीले भारतमा उत्पादन गरेको सुजुकीे मोटरसाइकल तथा स्कुटरहरू नेपालसँगै अन्य ७७ देशमा निर्यात गरिरहेको छ ।
सुजुकीले भारतमा उत्पादन सुरू गरेको ६ वर्षमा आफ्नो पहिलो १० लाख ग्राहक समावेस गर्न सफल भएको थियो । त्यसपछि २०२० मा कम्पनीले ५० लाख युनिट र २०२६ मा १ करोड उत्पादनको माइलस्टोन हासिल गरेको हो ।

