४५० सीसीमा नयाँ डिजाइनको मोटरसाइकल ल्याउँदै रोयल इनफिल्ड

काठमाडौं । रोयल इनफिल्ड इन्डियाले ४५० सीसी इन्जिन प्लेटफर्ममा नयाँ डिजाइनको मोटरसाइकल ल्याउने भएको छ ।

कम्पनीले ४५० सीसी अन्तर्गतको हिमालयन र गुरिल्ला मोडलको मिश्रणमा नयाँ स्क्रयाम ४५० मोटरसाइकल भारतीय बजारमा ल्याउने तयारी गरिरहेको हो ।

४५० सीसी प्लेटफर्ममा आधारित स्क्रयाम मोडललाई कम्पनीले हिमालयन र गुरिल्ला दुई मोडल बिचको मिडल ग्राउण्ड डिजाइनमा तयार पारिरहेको छ । ४५० स्क्रयाम सन् २०२७ को पहिलो त्रैमासभित्रै बजारमा आउने भारतीय मिडिया रिपोर्टमा उल्लेख छ ।

नयाँ स्क्रयाममा ४५२ सीसीको सिंगल सिलिण्डर, लिक्विड कुल्ड, सेर्पा इन्जिन हुने छ, जुन हिमालयन र गुरिल्लामा पनि प्रयोग भइरहेको छ । यो इन्जिनले अधिकतम ४० पीएस पावर तथा ४० एनएमकै टर्क जेनेरेट गर्छ ।

तर, स्क्रयामको च्यासिस ट्युनिक, डिजाइन र अन्य केही प्राविधिक पक्षमा भने फरक शैली पाइने छ । यसको पावरमा पनि कम्पनीले फरक ट्युन र ड्राइभ रेसियो दिएर स्क्रयामलाई छुट्टै क्यारेक्टरमा ल्याउने सम्भावना देखिन्छ ।

मोटरसाइकलमा अफरोड फ्रेण्डली फ्रन्टमा १९ र रियरमा १७ इन्चको टायर ह्वील, डुअल पर्पस टायर, यूएसडी फर्क र मोनोसक सेटअप, सिंगल पिस स्कुप्ड सिट, अग्लो बिक, कन्भेन्सनल मर्डगार्ड, अपस्वेप्ड सर्कल एग्जस्ट, हल्का अग्लो ह्याण्डलबार र राउण्ड हेडल्याम्प डिजाइन हुनेछ । जसले एड्भेन्चर र स्क्रयामको मिश्रित डिजाइन बनाउने छ ।

स्क्रयामको बडी डिजाइन अन्य दुई भन्दा पूर्ण रूपमा फरक र युनिक हुनेछ । यसमा राउण्ड डिस्प्ले, कनेक्ट सिस्टम, गुगल म्याप प्रोजेक्सन, एबीएस, राइडिङ मोड, स्लिप असिस्ट क्लच लगायतका फिचरहरू हुने अनुमान छ ।

रोयल इनफिल्ड जर्मनी मोटरसाइकल ब्राण्ड भए पनि हाल प्राय:जस्तो उपलब्ध सबै मोडल भारतमै उत्पादन हुँदै आइरहेको छ ।


Back_to_top