काठमाडौं । बतास एमएडब्लू कमर्सियल भेहिकल्सले आफ्नो तेस्रो वार्षिकोत्सव मनाएको छ । कम्पनीले देशभर विभिन्न सामाजिक उत्तरदायित्वका कार्यक्रम आयोजना गर्दै आफ्नो वार्षिकोत्सव मनाएको हो ।
तीन वर्षको सहकार्य र स्थिर वृद्धिलाई चित्रित गर्दै कम्पनीले समुदायलाई योगदान गर्ने र सामाजिक कल्याणमा सहयोग पुर्याउने लक्ष्यलाई प्राथमिकता दिएको जनाएको छ ।
कम्पनीलेले वार्षिकोत्सवको अवसरमा रक्तदान, निःशुल्क स्वास्थ्य शिविर, वृक्षारोपन लगायत कार्यक्रम संचालन गरेको थियो । रक्तदान कार्यक्रममा ५१ युनिट रगत संकलन गरिएको थियो । निःशुल्क स्वास्थ्य शिविरमा ८७ जना व्यक्तिहरू लाभान्वित भएको कम्पनीले जनाएको छ ।
त्यस्तै, कम्पनीले देशभर रहेका आफ्ना १४ शाखामार्फत वृक्षारोपण कार्यक्रम संचालन गरेको छ। यस पहलमार्फत दिगोपनको महत्त्व उजागर गर्दै भविष्यका पुस्ताका लागि स्वच्छ र स्वस्थ वातावरण निर्माणमा योगदान गर्ने सन्देश दिएको छ।
ज्येष्ठ नागरिकहरूलाई सहयोग गर्ने उद्देश्यले कम्पनीलेले मातातीर्थ वृद्धाश्रममा खाद्यान्न वितरण कार्यक्रम पनि आयोजना गरेको थियो।
आफ्नो तीन वर्षको यात्रा पूरा भएको असवरमा कम्पनीले व्यावसायिक विस्तारसँगै सामाजिक उत्तरदायित्वलाई पनि सँगै अगाडि बढाउने प्रतिबद्धता दोहोर्याएको छ। यी कार्यक्रममार्फत कम्पनीले आफ्नो दृष्टिकोण केवल व्यापारिक सफलतामा सीमित नभई समाजमा सकारात्मक प्रभाव पार्ने दिशामा केन्द्रित रहेको स्पष्ट पारेको छ।

