नेपालगंज विमानस्थलमा निःशुल्क सटल बस सेवा सुरू

काठमाडौं । नेपालगन्जस्थित राँझा विमानस्थलमा निःशुल्क सटल बस सेवा संचालनमा आएको छ ।

हवाई यात्रुलाई विमानस्थलसम्म आवतजावतमा सहजता प्रदान गर्ने उद्देश्यले मंगलबारदेखि निःशुल्क सटल बस संचालनमा ल्याइएको हो ।

नेपालगन्ज विमानस्थल कार्यालयका अनुसार उक्त सटल बस विमानस्थल परिसरदेखि करिब डेढ किलोमिटर दूरीमा रहेको राँझा चोकसम्म चल्नेछ ।

निःशुल्क सटल बस सेवाले यात्रुलाई सहज, सुरक्षित तथा व्यवस्थित यातायात सुविधा उपलब्ध गराउने विश्वास गरिएको छ ।


Back_to_top