काठमाडौं । चिनियाँ अटोमोबाइल उद्योगमा ईभीले नयाँ बहार ल्याएको छ । विद्युतीय कारको उर्भर भूमी चीनमा संचालनमा रहेका दर्जनौ अटोमोबाइल कम्पनीहरु मध्ये २०२६ अप्रिल महिनामा धेरै ईभी बिक्री गर्नेको सूची बाहिर आएको हो ।
चिनियाँ अटोमोबाइल उद्योगकै ठूलो कम्पनी बीवाइडीले पहिलो स्थान ओटगेको छ । प्योर ईभी, प्लगइन हाइब्रिड र इआरईभी टेक्नोलोजीलाई एक साथ अगाडि बढाइरहेको बीवाइडीले मार्चमा ३ लाख १४ हजार कार बिक्री गर्दै आफुलाई पहिलो स्थानमा बलियो राखेको छ ।
बीवाइडीले अप्रिल महिनमा १ लाख ३४ हजार युनिट निर्यात गरेको थियो । बाँकी अरु कार भने चीनमै बिक्री गरेको हो । बीवाइडी ग्रुप अन्तर्गत बीवाइडी, याङवाङ, डेन्जा जस्ता ब्राण्ड छन् ।
टप ५ भित्र रहेका कम्पनीहरु मध्ये अन्य ४ कम्पनीहरुको ईभी उत्पादनमा तिब्र प्रतिस्पर्धा छ । जसमध्ये एसएआइसी ग्रुप दोस्रो स्थानमा छ । एसएआइसीसँग विलिङ, एमजी, आइएम लगायतका ब्राण्ड छन् । एसएआइसीले अप्रिलमा १ लाख ४२ हजार ४८७ युनिट कार बिक्री गरेको थियो ।
तेस्रो स्थानमा जिली अटो छ । जिलीले १ लाख ३५ हजार ५९१ युनिट कार अप्रिलमा बिक्री गरेको देखिन्छ । दोस्रो र तेस्रो भएका एसएआइसी र जिलीको बीचमा केबल ७ हजार युनिटको फरक देखिन्छ ।
चौथो स्थानमा चेरी ग्रुप छ । चेरी ग्रुप भित्र चेरी, आइकार, ओमोडा, जेको लक्सीड लगायतका ब्राण्ड छन् । यी सबै ब्राण्डको मिलाएर अप्रिल २०२६ मा १ लाख २७६ युनिट ईभी चेरी समुहले बिक्री गर्न सफल भएको देखिन्छ ।
पाँचौ स्थानमा चांगान ग्रुप परेको छ । चांगान ग्रुप अन्तर्गत दिपल, नेभो, अबतार लगायतका ब्राण्ड छन् । यी सबैको मिलाएर कम्पनीले गत महिना ९४ हजार २०० युनिट कार बिक्री गरेको थियो । पाँचौ र दोस्रो स्थानको बीच पनि केबल ४८ हजार युनिटको अन्तर देखिन्छ ।
यस्तो छ अन्य चिनियाँ ब्राण्डको बिक्री
माथि चर्चा गरिएका ५ बाहेक छैटौं स्थानमा लिपमोटर परेको छ । लिपमोटरले अप्रिल महिनामा ७१ हजार ३८७ युनिट कार बिक्री गरेको छ । सातौं स्थानमा रहेको ली अटोले ३४ हजार ८५ युनिट र आठौं स्थानको हिमाले ३२ हजार ७५९ युनिट कार बिक्री गरेको हो ।
नवौं स्थानमा एक्सपेङ परेको छ । एक्सपेङले ३१ हजार ०११ युनिट कार बिक्री गर्दा नियो ब्राण्डले २९ हजार ३५६ युनिटसहित टप १० भित्र आफुलाई सुरक्षीत राखेको छ । ग्रेटवाल मोटर्स २६ हजार ८९८ युनिट सहित सूचीको ११ औं स्थानमा छ ।


