काठमाडौं । दुई पाङग्रे विद्युतीय सवारी साधनको बजार तिव्र गतिमा विस्तार भइरहँदा हिरो मोटोकर्पले आफ्नो इलेक्ट्रीक ब्राण्ड भीडामा नयाँ स्कुटर ल्याउने भएको छ ।
कम्पनीले भारतीय बजारमा हिरो भीडा मोडलमा आधारित नयाँ किफायती इलेक्ट्रीक स्कुटर बजारमा ल्याउने तयारी गरेको हो । हिरोले नयाँ स्कुटर आगामी अगस्ट महिनामा सार्वजनिक गर्नेछ ।
अहिले बजारमा उपलब्ध भीडा सिरिज प्रिमियम सेग्मेन्टमा केन्द्रित रहेको थियो । अब भने धेरै ग्राहकले किन्न सक्नेगरी कम मूल्यमा नै नयाँ स्कुटर ल्याउन लागेको हो । विभिन्न मिडिया रिपोर्टको दावी मान्ने हो भने नयाँ स्कुटर १ लाख भारतीय रुपैयाँभन्दा कम मूल्यमा बिक्री सुरु हुनेछ ।
हिरो मोटोकर्पले विद्युतीय दुईपाङ्ग्रे बजारमा प्रवेश गर्दा ‘भीडा भी-वान’ सिरिज सार्वजनिक गरेको थियो । सुरुवाती चरणमा मूल्य अपेक्षाकृत महँगो भएको प्रतिक्रिया उपभोक्ताले गरेका थिए ।
कम्पनीले सन् २०२५ मा भीडा भीएक्स टू सिरिज ल्यायो । नयाँ मोडलले बजारमा राम्रो प्रतिक्रिया पाउन सफल भयो । कम्पनीले स्कुटरमा (बास) विकल्प उपलब्ध गराएपछि बिक्रीमा उल्लेखनीय वृद्धि देखिएको थियो ।
अहिले भीडा भारतको सर्वाधिक बिक्री हुने इलेक्ट्रीक दुई पाङ्ग्रे ब्राण्डमा चौथो स्थानमा पर्छ ।
अब आउने नयाँ भीडा स्कुटरमा ‘फिक्स्ड ब्याट्री प्याक’ प्रयोग हुने बताइएको छ । कम्पनीका अनुसार नयाँ भीडा मोडलले आइक्युव, चेतक र एथर जस्ता मोडलसँग सीधा प्रतिस्पर्धा गर्नेछ ।
रिपोर्टहरुमा दावी गरिए अनुसार नयाँ स्कुटरमा ३.८ किलोवाट आवर क्षमताको ब्याट्री प्याक रहने छ । साथै, चालकको लागि सहयोग पुग्ने फिचरहरु थुप्रै प्रयोग हुनेछ ।


