एक लिटर पेट्रोलले ३० किमी चल्ने रेनो ब्रिजर एसयूभी

काठमाडौं । रेनोले केही महिना अगाडि ब्रिजर कन्सेप्टको तस्बिर सार्वजनिक गरेको थियो । अब त्यही कन्सेप्टमा आधारित मोडल ‘भियना मोटर सिम्पोजियम’मा देखाएको हो ।

कम्पनीले नयाँ ब्रिजर एसयूभी हाइब्रिड इन्जिनको साथ उपलब्ध हुने जनाएको छ । सार्वजनिक भएको रिपोर्ट अनुसार ब्रिजर एसयूभीमा १.२ लिटर फोर सिलिण्डर एमपीएफआई इन्जिन रहने छ । हाइब्रिड टेक्नोलोजीसँग भने १.२ लिटर थ्री सिलिण्डर इन्जिन रहने छ ।

हाइब्रिड इन्जिनमा थ्री सिलिण्डर भएको कारण यसले प्रतिलिटर पेट्रोल ३० किलोमिटरसम्म रेन्ज दिने दावी गरिएको छ । रेनोको दावी मान्ने हो भने पेट्रोल इन्जिनमा रहने ‘पावर ल्याकिङ’लाई हाइब्रिड टेक्नोलोजीले क्षतीपूर्ति गर्नेछ । त्यसले माइलेज उच्च पाउन सकिन्छ भने पर्फमेन्स पनि राम्रो हुन्छ ।

रेनोले भारतमा उत्पादनलाई निकै आक्रमक बनाउने योजना यसअघि नै सार्वजनिक गरेको थियो । भारतमा रेनो र निसानको संयुक्त प्लान्टमा पनि रेनोले एकल स्वामित्व बनाइसकेको छ । भर्खरै नयाँ जेनेरेशन डस्टर सार्वजनिक गरेको कम्पनीले सन् २०२८ बाट ब्रिजर एसयूभी बिक्री थाल्ने अनुमान गरिएको छ ।


Back_to_top