९ वर्ष भित्र प्रदेश ३ का मुख्य सहरमा इलेक्ट्रीक सवारी मात्रै

काठमाडौं । प्रदेश ३ सरकारले आगामी आर्थिक वर्ष २०७६/७७ का लागि  प्रदेशसभामा नीति तथा कार्यक्रम प्रस्तुत गरेको छ । प्रदेश ३ सरकारको तर्फबाट प्रदेश प्रमुख अनुराधा कोइरालाले सरकारको नीति तथा कार्यक्रम प्रस्तुत गरेकी हुन् ।

प्रदेश सरकारको नीति तथा कार्यक्रममा प्रदेश ३ भित्रका प्रमुख सहरहरुमा पेट्रोल र डिजेलबाट चल्ने गाडी विस्थापन गरि इलेक्ट्रीक सवारीसाधन मात्रै संचालन गर्ने योजना अगाडि सारिएको हाे ।

सरकारको नीति तथा कार्यक्रमा आगामी ९ वर्षभित्र प्रदेश ३ भित्रका काठमाडौं उपत्यका, चितवन, हेटौंडा, बनेपा, धुलिखेल र पनौती जस्ता सहरमा इलेक्ट्रीक सवारी संचलन गर्ने उल्लेख गरिएको छ ।

यस आर्थिक वर्षमा साझा सहकारीसँगको सहकार्यमा प्रदेश सरकारले ३० करोड रुपैयाँमा विद्युतीय बस खरिद गरि सञ्चालनमा ल्याउने विषय उल्लेख गरिएको छ ।


Back_to_top