काठमाडौं । एमएडब्लू वृद्धि अन्तर्गतको फोटोन मोटर नेपालले कस्टमर मिट एण्ड ग्रिट कार्यक्रम सम्पन्न गरेको छ । कम्पनीले गत वैशाख २५ गते ललितपुरको बालकुमारीस्थित कान्तिपुर गार्डेन्समा उक्त कार्यक्रम आयोजना गरेको हो।
उक्त कार्यक्रम काठमाडौं उपत्यकाभरिका ग्राहक, सम्भावित खरिदकर्ता, फ्लीट संचालक, व्यवसायिक अपरेटर तथा प्रमुख सरोकारवालाहरूलाई एकै ठाउँमा ल्याएर उनीहरूको अनुभव र अपेक्षाबारे खुला र अर्थपूर्ण छलफल गर्ने उद्देश्यले आयोजना गरिएको थियो।
कार्यक्रमको मुख्य उद्देश्य ग्राहकहरूको प्रतिक्रिया लिनु रहेको थियो। ग्राहकहरूलाई आफ्ना स्वामित्व अनुभव, सेवा सम्बन्धी आवश्यकता, सुझाव, प्रतिक्रिया शेयर गर्ने अवसर दिइएको थियो ।
सम्भावित खरिदकर्ताहरूले पनि फोटोनका विभिन्न कमर्सियल सवारी साधनबारे थप जानकारी लिन, फोटोन नेपाल टिमलाई प्रत्यक्ष प्रश्न सोध्ने अवसर पाएका थिए। यस्तो प्रत्यक्ष संवादले बिक्रीपछि पनि ग्राहकसँगको सम्बन्ध निरन्तर रहने फोटोन नेपालको विश्वास छ।
कार्यक्रममा फोटोनको आफ्टर सेल्स सर्भिस सम्बन्धी पनि छलफल भएको थियो । ग्राहकहरूले सेवाको पहुँच, स्पेयर पाट्र्सको उपलब्धता, मर्मत गुणस्तर तथा प्रतिक्रिया समयबारे आफ्ना विचारहरू व्यक्त गरेका थिए। संकलित प्रतिक्रिया एमएडब्लू वृद्धिले सेवा मापदण्ड सुधार गर्न र ग्राहकको समग्र स्वामित्व अनुभवलाई अझ सहज र भरपर्दो बनाउन प्रयोग गर्नेछ।
फोटोन नेपालको विस्तार हुँदै गएको देशव्यापी नेटवर्कले ग्राहकहरूलाई विश्वसनीय सर्भिस सपोर्ट, जेनुइन स्पेयर पाट्र्स र दक्ष प्राविधिक सहयोग प्रदान गर्दै आएको छ । जसले शहरी तथा क्षेत्रीय दुवै ग्राहकलाई प्रभावकारी सेवा सुनिश्चित गर्छ।


