इनड्राइभ बन्याे विश्वको दोस्रो सबैभन्दा बढी डाउनलोड हुने राइड-हेलिङ एप

काठमाडौं । ४८ देशहरूमा संचालन भइरहेको ग्लोबल मोबिलिटी र डेलिभरी प्लेटफर्म इनड्राइभ फेरि एक पटक विश्वको दोस्रो सबैभन्दा धेरै डाउनलोड गरिएको राइड-हेलिङ एप हुन सफल भएको छ ।

लिडिङ मार्केट इन्टेल्लिजेन्स फर्म सेन्सर टावरका अनुसार, इनड्राइभले लगातार चौथो वर्ष पनि आफ्नो स्थान कायम राखेको छ ।

साथै, ट्राभल विधाअन्तर्गत विश्वव्यापी रूपमा सबैभन्दा धेरै डाउनलोड हुने एपहरूको सूचीमा कम्पनी चौथो स्थानमा पुगेको छ, जुन सन् २०२४ को पाँचौं स्थानबाट उक्लिएको हो । कम्पनीले ‘सुपर एप’ तर्फको आफ्नो रूपान्तरणलाई निरन्तर अघि बढाइरहेका क्रममा प्रयोगकर्ताको संलग्नता र लोकप्रियता बढ्दै गएको यसले संकेत गर्दछ ।

पियर-टु-पियर मूल्य निर्धारण मोडलमार्फत चालक र यात्रुबीच आपसी सहमतिमा उचित भाडा तय गर्न सकिने विशेषतासहितको इनड्राइभ एप आफ्नो सुरुवातदेखि हालसम्म विश्वभर ४०० मिलियनभन्दा बढी पटक डाउनलोड भइसकेको छ ।

हाल विश्वका १,१०० भन्दा बढी शहरहरूमा उपलब्ध यस प्लेटफर्ममार्फत विश्वव्यापी रूपमा ८ बिलियनभन्दा बढी कारोबार सम्पन्न भइसकेको सेन्सर टावरको पछिल्लो प्रतिवेदनमा उल्लेख गरिएको छ ।

सन् २०२५ मा इनड्राइभले आफ्नो मुख्य राइड-हेलिङ सेवाभन्दा बाहिर विस्तार गर्दै सुपर एपमा रूपान्तरण हुने प्रक्रियालाई तीव्रता दिएको छ । कम्पनीले अन्तरशहरी यातायात, कुरियर सेवा, ग्रोसरी डेलिभरी तथा वित्तीय सेवाजस्ता थप सेवाहरू सञ्चालनमा ल्याउँदै आफ्नो सेवा दायरा विस्तार गरेको हो ।

सेवाहरूको विविधीकरणमार्फत प्रयोगकर्ताहरूका दैनिक आवश्यकताहरूलाई अझ व्यापक रूपमा सम्बोधन गर्दै इनड्राइभले प्रयोगकर्ताको संलग्नता तथा प्रयोगको आवृत्ति बढाइरहेको छ । यही रणनीतिले कम्पनीको विश्वव्यापी विस्तार र निरन्तर वृद्धि यात्रालाई थप मजबुत बनाइरहेको जनाएको छ ।

एआई तथा एड्भान्स एनालिटिक्स लगायतका अत्याधुनिक प्रविधिहरूले यस विकासक्रमलाई थप प्रभावकारी बनाउन महत्वपूर्ण भूमिका खेलिरहेका छन् । मेशिन लर्निङमार्फत म्यापिङ सम्बन्धी त्रुटिहरू सुधार गर्दै थप सटीक ईटीए उपलब्ध गराउनेदेखि लिएर, प्रिडिक्टिभ एनालिटिक्स प्रयोग गरी प्रयोगकर्ताको आवश्यकता पूर्वानुमान गर्ने तथा सेवा प्रस्तावहरूलाई व्यक्तिगत रुचिअनुसार अनुकूल बनाउने कार्यसम्म यी प्रविधिहरूले नवप्रवर्तनलाई गति दिएका छन् ।

साथै, इनड्राइभले ‘रोजाइमार्फत निष्पक्षता’ प्रति आफ्नो प्रतिबद्धतालाई कायम राख्दै मूल्य निर्धारणमा प्रयोगकर्ताको पूर्ण नियन्त्रण सुनिश्चित गरेको छ ।

सेन्सर टावरको पछिल्लो प्रतिवेदनले राइड-हेलिङ उद्योगमा ‘सुपर एप’ इकोसिस्टम प्रमुख वृद्धिको आधार बन्दै गएको देखाएको छ, विशेषगरी उदीयमान बजारहरूमा जहाँ प्रयोगकर्ताहरू विभिन्न सेवाहरूमा अझ बढी र नियमित रूपमा संलग्न भइरहेका छन् ।

आर्टिफिसियल इन्टेलिजेन्स एआइ तथा एडभान्स एनालिटिक्ससहितका अत्याधुनिक प्रविधिहरूले यस्ता सेवाहरूलाई थप प्रभावकारी बनाउन महत्वपूर्ण भूमिका खेलेका छन् ।

स्थानीय बजारको आवश्यकता र प्रयोगकर्ताको अपेक्षासँग नजिक रहेर दैनिक जीवनमा उपयोगी बहु-सेवा प्लेटफर्म उपलब्ध गराउने रणनीतिका कारण इनड्राइभको निरन्तर वृद्धि भइरहेको प्रतिवेदनमा उल्लेख गरिएको छ ।

इनड्राइभका फाउन्डर र सीईओ आर्सेन टम्स्कीले लगातार चौथो वर्षसम्म विश्वकै दोस्रो सबैभन्दा धेरै डाउनलोड गरिएको राइड-हेलिङ एपको रूपमा आफ्नो स्थान कायम राख्न सफल हुनु इनड्राइभका लागि अत्यन्त गौरवको विषय रहेको बताए ।

‘लगातार चौथो वर्षसम्म विश्वकै दोस्रो सबैभन्दा धेरै डाउनलोड गरिएको राइड-हेलिङ एपको रूपमा आफ्नो स्थान कायम राख्न सफल हुनु इनड्राइभका लागि अत्यन्त गौरवको विषय हो। यो उपलब्धि केवल डाउनलोड संख्यामा सीमित नभई विश्वभरका प्रयोगकर्ताहरूले हाम्रो प्लेटफर्ममाथि देखाएको विश्वास, समर्थन र अपनत्वको प्रतिफल हो । हामीले सुरुदेखि नै निष्पक्षता, पारदर्शिता र प्रयोगकर्ताको स्वतन्त्र रोजाइलाई केन्द्रमा राखेर सेवा प्रदान गर्दै आएका छौं । यही सिद्धान्तका कारण आज इनड्राइभ विश्वभरका लाखौं प्रयोगकर्ताहरूको रोजाइ बन्न सफल भएको छ,’ उनले भने ।

नेपालका सन्दर्भमा यो उपलब्धिले लचिलोपन, पारदर्शिता र प्रयोगकर्ताको छनोटलाई प्राथमिकता दिने मोबिलिटी प्लेटफर्मप्रति विश्वव्यापी रूपमा बढ्दो आकर्षणलाई प्रतिबिम्बित गर्दछ । विशेषगरी उदीयमान शहरी बजारहरूमा यस्ता मूल्य र सेवाप्रतिको आकर्षण चालक तथा यात्रु दुवैबीच बढ्दो रूपमा देखिएको छ ।

नेपालको परिवर्तनशील शहरी यातायात परिदृश्यमा, जहाँ किफायती सेवा र विश्वासले यात्रासम्बन्धी निर्णयमा महत्वपूर्ण भूमिका खेल्छ, त्यहाँ इनड्राइभको ‘फेयर प्राइसिङ’ मोडेलले प्रयोगकर्तालाई दैनिक आवागमनमा अझ बढी पारदर्शिता र लचिलोपन प्रदान गर्दै आएको छ ।


Back_to_top