काठमाडौं । प्रतिनिधि सभाकी सांसद गंगादेवी श्रेष्ठले वायु प्रदूषण गर्ने पुराना धुँवा फाल्ने सवारी साधन विस्थापित गर्नुपर्ने बताएकी छिन् ।
बिहीबार प्रतिनिधि सभा बैठकमा सरकारले आगामी आव २०८३/८४ को नीति तथा कार्यक्रमका संशोधन प्रस्ताव राख्दै यस्तो माग गरेकी हुन् ।
उनले सवारी साधनले फाल्ने धुँवाले मानव स्वास्थ्यमा ठूलो असर पारिरहेकाले त्यस्ता साधन विस्थापित गर्नुपर्ने नीति ल्याउनुपर्ने बताइन् ।
‘सडकमा हिँड्ने पैदल यात्रु र दुईपाँग्रे सवारीमा हिँड्नेले सास्ती भोगिरहेका छन् । सडकमा गुड्ने पुराना गाडीबाट निस्केको कालो मुस्लो फाल्ने असर पारिरहेको छ । जनताको स्वास्थ्यमा, श्वासप्रश्वास, फोक्सोमा असर पारिरहेको छ । आक्रान्त पारिरहेको छ,’ उनले भनिन्, ‘त्यस्ता पुराना र कालो धुँवा फाल्ने गाडीलाई विस्थापन वा व्यवस्थापन गर्न नीति तथा कार्यक्रम आउनुपर्छ ।’


