काठमाडौं । नेपालमा ईभीको प्रयोग व्यापक रूपमा बढे पनि उपभोक्ताले बिक्रीपछि राम्रो सेवा नपाएको गुनासो गर्दै आएका छन् । धेरैले ग्राहकलाई समयमै सर्भिसिङ र सहज, सुपथ मूल्यमा स्पेयर पार्ट्स उपलब्ध नगराएको सुनिन्छ ।
तर, केही ब्राण्डले भने आफ्नो बिक्रीपछिको सेवालाई उच्च प्राथमिकतामा राखेका देखिन्छ । यसैक्रमका एमजी इन्डिया (जेएसडब्लू एमजी)को आधिकारिक बिक्रेता जीओ अटोमोबाइल्सले उपभोक्ताको सहजता र विश्वासका लागि आफूले बिक्री गर्ने ईभी मोडलको जेन्युन स्पेयर पार्ट्को मूल्यसूची आधिकारिक रूपमा प्रकाशित गरेको छ ।
कम्पनीले बिक्रीपछिको सेवालाई पारदर्शी बनाउन सरकारी मूल्य पारदर्शीता सप्ताहको अवसरमा मूल्यसूची सार्वजनिक गरेको हो । यसमार्फत गाडी स्वामित्वलाई अझ सहज, किफायती र पारदर्शी बनाउने उद्देश्य रहेको कम्पनीले जनाएको छ ।
कुनै पनि ईभी बिक्रेताले यसरी आधिकारिक रूपमा स्पेयर पार्टसको मूल्यसूची सार्वजनिक गरेको पहिलो पटक समेत हो । यसअघि बिक्रेताहरूले सार्वजनिक रुपमा स्पेयर पार्टस्को मूल्यसूची प्रकाशित गर्दैन्थे । ग्राहकले सर्भिस सेन्टरमा तोकिएको मूल्य तिर्नुपर्थ्यो ।
पार्ट्सको मूल्यसूची प्रकाशित गरेको हो । जहाँ स्पेयर पार्ट्सको मूल्य न्यूनतम १३१४ रुपैयाँदेखि अधिकतम १ लाख ६९ हजार ५५६ रुपैयाँसम्म तोकेको छ ।
यसले सरकारको पारदर्शिता सम्बन्धी अवधारणा र एमजीको खुला, स्पष्ट, सहज मोबिलिटीप्रतिको प्रतिबद्धतालाई प्रतिबिम्बित गर्ने कम्पनीको भनाइ छ।
एमजीका जेन्युइन स्पेयर पार्ट्स प्रतिस्पर्धी मूल्यमा उपलब्ध हुने भएकाले ग्राहकहरूले आफ्नो गाडीको मर्मत तथा व्यवस्थापन सहज र निर्धक्क रूपमा गर्न सक्नेछन्। एमजीका सबै स्पेयर पाट्र्स भारतस्थित आधिकारिक सप्लाई चेनमार्फत ल्याइने कम्पनीले जनाएको छ। यसले जेन्युइन गुणस्तर, छिटो उपलब्धता र किफायती मूल्य सुनिश्चित गर्ने विश्वास कम्पनीको छ।
साथै ग्राहकलाई अझ बढी पारदर्शी जानकारी उपलब्ध गराउने उद्देश्यले कम्पनीले वार्षिक मर्मत खर्चसम्बन्धी विवरण पनि छिट्टै सार्वजनिक गर्ने जनाएको छ ।

एमजीको डिलर लिएसँगै जीओ अटोमोबाइल्सले सोमबारदेखि आधिकारिक रूपमा कोमेट ईभी र विन्डसर ईभी बिक्री सुरू गरेको छ । कम्पनीले कोमेट ईभीको सुरूआती मूल्य मूल्य १८ लाख ७५ हजार रुपैयाँ र विन्डर ईभीको ३९ लाख ७५ हजार रुपैयाँ तोकेको छ ।
यसअघि नेपालमा एमजी ब्राण्डका सबै सवारी साधन पारामाउन्ट मोटर्सले बिक्री गर्दै आएको थियो । अब भने भारतमा बनेको जीओ अटोमोबाइल्स र चीनमा बनेका पारामाउन्टले बिक्री गर्नेछन् ।
कोमेट र विन्डर ईभीको जेन्यून स्पेयर पार्ट्सको मूल्ययूची हेर्न यहाँ क्लिक गर्नुहोस् ।


