यामाहा ‘ब्लू कोड अफर’ लम्बियो, अब जेठ १५ सम्म संचालन हुने

काठमाडौं । यामाहाले नेपाली नयाँ वर्ष २०८३ को अवसरमा संचालनमा ल्याएको ‘यामाहा ब्लू कोड’ अफरको अवधि लम्ब्याएको छ ।

ग्राहकको उत्साहजनक सहभागितापछि नेपालका लागि यामाहाको आधिकारिक वितरक एमएडब्लू राइडले यामाहा ब्लू कोड योजना १५ दिनका लागि थपेको हो ।

कम्पनीले वैशाख महिनाभरिका लागि संचालनमा ल्याएको अफर अब जेठ १५ सम्म संचालन गर्ने भएको हो । यामाहाले ल्याएको योजनाले ग्राहकलाई आधुनिक प्रविधिसँगै आकर्षक अफर र पुरस्कारको अवसर दिइरहेको छ ।

अफर अन्तर्गत ग्राहकहरूले क्यूआर स्क्यान गरी रजिस्ट्रेसन गरेपछि विभिन्न किसिमका अफरमा सहभागी हुन सक्नेछन् । यो योजनामा एक्साइटमेन्ट, पर्फमेन्स र स्टाइल गरी तीन मुख्य क्याटेगोरीमा पुरस्कार व्यवस्था गरिएको छ ।

एक्साइटमेन्ट अफरअन्तर्गत ग्राहकहरूले घरबाटै सहभागितामा जनाएर १ लाख रुपैयाँसम्म जित्न सक्नेछन् ।

त्यस्तै, पर्फमेन्स अफर अन्तर्गगत यामाहाका नयाँ मोटरसाइकल तथा स्कुटर खरिद गर्ने ग्राकहले ५ लाख रुपैयाँसम्म नगद पुरस्कार जित्न सक्नेछन् । स्टाइल क्याटेगोरीमार्फत हाईटेक ग्याजेटहरू जित्ने मौका पाइने छ ।

कम्पनीका अनुसार यो अभियानले ग्राहकलाई नयाँ प्रविधियुक्त राइडिङ अनुभवसँगै अतिरिक्त मूल्य प्रदान गर्ने लक्ष्य राखेको छ । साथै, स्पट एक्सचेन्ज, सजिलो फाइनान्स सुविधा, ३६ महिनासम्मको लोन अवधि र ५ वर्षसम्मको फ्री सर्भिस जस्ता थप सुविधाहरू पनि पाउने छन् ।

यी सुुविधा देशभर रहेका यामाहाको आधिकारिक शोरुमहरूबाट लिन सकिने कम्पनीले जनाएको छ ।


Back_to_top