देशभर साढे ६२ लाख पुगे सवारी, चालु वर्षमै थपिए पौने ३ लाख

काठमाडौं । देशभर दर्ता भएका कुल सवारी साधनको संख्या साढे ६२ लाख पुगेको छ ।

अर्थमन्त्रालयले बुधबार सार्वजनिक गरेको ‘आर्थिक सर्वेक्षण २०८२/८३’ अनुसार २०८२ फागुन मसान्तसम्म देशभर कुल ६२ लाख ४९ हजार ७३२ सवारी दर्ता भएका हुन् ।

दर्ता भएका कुल सवारीमध्ये मोटरसाइकलको संख्या ५० लाखभन्दा बढी छ । करिब साढे १२ लाख कार, जीप, भ्यान, माइक्रोबस, मिनिबस, बस, ट्रक, ट्यांकर लगायत सवारी साधन दर्ता रहेका छन् ।

चालु आवको ८ महिनामै पौने ३ लाख नयाँ सवारी थपिएका छन् । प्रतिवेदन अनुसार चालु आवको फागुनसम्म बस, मिनिबस, ट्रक, माइक्रोबस, कार, मोटरसाइकल लगायतका विभिन्न २ लाख ८१ हजार ९२१ यातायातका साधन दर्ता भएका हुन् ।

फागुन यताको संख्या जोड्ने हाने भने चालु आवमा मात्रै ३ लाख बढी नयाँ सवारी दर्ता भएका छन् ।


Back_to_top