मारुती सुजुकीले भारतीय बजारमा सन् २०१६ मा अल न्यू भिटारा ब्रेजा सार्वजनिक गरेको थियो । सव फोर मिटर कम्प्याक्ट एसयूभी सेगमेन्टको ब्रेजा १.३ लिटर डिजेल इन्जिनमा ५ स्पीड म्यानुअल ट्रान्समिसन सहित बजारमा बिक्री वितरण भइरहेको छ ।
अब भने मारुतीले अर्को वर्षदेखि डिजेल इन्जिनयुक्त कारको उत्पादनलाई प्राथमिकता नदिने बताई सकेको छ । त्यही योजना अनुरुप मारुतीले आफ्नो चर्चित सब कम्प्याक्ट एसयूभी भिटारा ब्रेजा पेट्रोल इन्जिनमा ल्याउने घोषणा गरेको हो ।
कम्पनीले भारतीय बजारमा १.५ लिटर पेट्रोल इन्जिनयुक्त भिटारा ब्रेजा छिट्टै सार्वजनिक गर्ने भएको छ । हाल मारुती सुजुकीको सियाज र इर्टिगामा १.५ लिटर पेट्रोल इन्जिनमा उपलब्ध रहेको छ ।
१.५ लिटर पेट्रोल इन्जिनले १०४ पीएस पावर र १३८ एनएम र्टक दिन्छ । यो सँगै डिजेल इन्जिनयुक्त ब्रेजाको उत्पादन भने कम्पनी बन्द गर्ने भएको छ । मारुती सुजुकीले १.५ लिटर पेट्रोल इन्जिन भएको भिटारा ब्रेजा यही वर्षको चाडपर्वलाई लक्षित गरि सार्वजनिक गर्ने जनाएको हो ।

