महंगो भयो एमजी एस फाइभ, यस्तो छ नयाँ मूल्य

काठमाडौं । एमजीको आधिकारीक बिक्रेता पारामाउन्ट मोटर्सले आफ्नो सफल मोडल एस फाइभको मूल्य बढाएको छ । कम्पनीले बजेटले पारेको प्रभाब अनुसार १ लाख रुपैयाँ मूल्य वृद्धि गरेको हो ।

एस फाइभको लक्जरी (४९ किलोवाट आवर ब्याट्री) र लक्जरी (६२ किलोवाट आवर ब्याट्री) भएको दुई भेरियन्टको मूल्यमा १ लाख रुपैयाँले वृद्धि गरेको हो ।

एस फाइभको ४९ किलोवाट आवर ब्याट्री भएको लक्जरी भेरियन्टको मूल्य यसअघि ४९ लाख ९९ हजार रुपैयाँ थियो । अब एक लाख रुपैयाँ बढेसँगै ५० लाख ९९ हजार रुपैयाँ पुगेको हो ।

यसको लङ रेन्ज मोडलको लक्जरी भेरियन्टमा पनि कम्पनीले १ लाख रुपैयाँ मूल्य बढाएको छ । बढेको मूल्य अनुसार अब ५५ लाख ९९ हजार रुपैयाँ कायम भएको छ ।

पारामाउन्ट मोटर्सले कम्र्फट भेरियन्टको मूल्य भने यथावत राखेको छ । एमजी एस फाइभको कम्फर्ट भेरियन्ट ४३ लाख ९९ हजारमा खरिद गर्न पाइन्छ ।

एमजी एस फाइभमा १२.८ इन्चको इन्फोटेन्मेन्ट सिस्टम, १०.२५ इन्चको ड्राइभर इन्फर्मेसन डिस्प्ले, तीन ड्राइभिङ मोड, हिटेड र भेन्टीलेटेड सिट, वायरलेस चार्जिङ प्याड पाउन सकिन्छ ।

रोटरी गियर नव, प्यानारोमिक सनरुफ, युटुयूब, स्पोर्टिफाइ र टिकटक जस्ता इनबिल्ड एप, ३६० डिग्री क्यामरा पाउन सकिन्छ । एमजीले यसमा ९९ किलोवाटको रियर ह्वील ड्राइभ इलेक्ट्रीक मोटर दिएको छ । यसको पीकटर्क २५० न्यूटन मिटर रहेको छ ।

सिंगल चार्जमा ४३० किलोमिटरसम्म रेन्ज दिने एसयूभीमा सुरक्षाको लागि ६ वटा एयरव्याग, अटोहोल्ड, इलेक्ट्रीक पार्किङ ब्रेक तथा एडास लेवल २ फिचर रहेको छ ।


Back_to_top