टाटा पनि नाइमा मोबिलिटी एक्स्पोमा, यी हुन् अन्य सहभागि ब्राण्ड

काठमाडौं । नाइमाले आगामी साउन २६ गतेबाट हुने ‘नाइमा नेपाल मोविलिटी एक्स्पोको स्टल बाँडफँड सम्पन्न गरेको छ । यस पटक टाटाका उत्पादन पनि नाइमा मोविलिटी एक्स्पोमा सहभागि हुने भएको हो ।

गत वर्ष नाडा अटो शोमा मात्रै सहभागि टाटा यस पटक भने नाइमामा पनि सहभागि हुन लागेको हो । टाटाका अलावा यस पटक आरफक्स, बीएआइसी, बीवाइडी, सिट्रोन, डेन्जा, फरथिङ, ग्रेटवाल मोटर्स, हेनरी भोल्ट्स र एमजी (पारामाउन्ट मोटर्स) सहभागि हुँदैछन् ।

यसका अलवा निसान, हुन्डाई, महिन्द्रा, आइकार, ओमोडा÷जेको, प्रोटोन, केई, किया, लीपमोटर, मेक्सस्, एमजी (गो अटोमोबाइल), होनरी बोमा, प्यूजो, टोयोटा, विलिङ, जिकर सहभागि हुनेछन् ।

दुई पाङ्ग्रे ब्राण्डमा एथर, बजाज, सीएफ मोटो, जिहो, ग्यारो, होन्डा, क्यारन, केटीएम, मोर्बिडेली, एनआइयु, प्यूजो एण्ड बेगुस, रोयल इनफिल्ड, सुजुकी, ट्रायम्फ, टिभीएस, अल्ट्राभोइलेट, याडिया र जेडएक्स मोटो सहभागि हुँदैछन् ।

लाइट कमर्शियलतर्फ चेरी वान्डा, क्यारी, किटोन र स्काइवर्थका भ्यानहरु प्रदर्शनीमा रहने छन् ।

स्टल बाँडफाँड कार्यक्रममा बोल्दै नाइमाका अध्यक्ष रितु सिंह बैंद्यले भनिन्, ‘मोविलिटी एक्स्पोको दोस्रो संस्करणमा ब्राण्डहरुको सक्रिय सहभागिताले हामीलाई उत्साहीत बनाएको छ । अब नाइमा मोविलिटी एक्स्पो निर्विकल्प ठूलो भइसकेको छ ।’


Back_to_top